Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्री एबम सांसदहरु बिच गरियो 'अन्त नसरे'गीतको सार्वजनिक (भिडियो)


ग्लोबल पाना
बुधबार, असार ४ २०८२
  • 727
    SHARES

  • images
    मन्त्री एबम सांसदहरु बिच गरियो 'अन्त नसरे'गीतको  सार्वजनिक  (भिडियो)

    काठमाडौं। कर्नबाघ प्रोडक्सनको पहिलो प्रस्तुति 'अन्त नसरे' बोलको गीतलाइ सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित एक  समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको   कार्यक्रममा सांसदहरु ज्ञानेन्द्र बहादुर शाही,कान्तिका सेजुवाल , दयाल बहादुर शाही लगायत पुर्वमन्त्री मोहन बानियाँ, एमालेका नेता गोरख बहादुर बोगटी,शान्तिलाल महत लगायत कर्णाली प्रदेशका बुद्धिजीवी ,पत्रकार लगायतको बाक्लो  उपस्थिति थियो ।

    images
    images
    images

    दीपक शर्माको शब्द,संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको युगल स्वरमा तयार पारिएको छ गीतलाइ नरेन्द्र वियोगीले  एरेन्ज गरेका हुन् ।कार्यक्रममा गीतको म्युजिक भिडियोको प्रदर्शन गर्नुको साथै प्रमुख अतिथी मन्त्री शाहीले कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको बताउदै सबै राजनीतिक दल र  जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडि बढिरहेको दाबी गरे । भने अन्य बक्ताहरुले कर्णालीको बिकासमा कला सस्कृतिको महत्वपुर्ण भूमिका रहेको बताएका थिए ।

    विनोद शाही र दीपा शाहीको अभिनय रहेको गीतको म्युजिक भिडियोमा भुपेन्द्र थापामगरको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । विनोद शाहीले नै निर्देशन भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानल मार्पत सार्वजनिक गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ