Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला बाल क्लब नवलपुरद्वारा बौंदिकाली र बुलिङ्टार गाउँपालिकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


बुधबार, असार ४ २०८२
  • 563
    SHARES

  • images
    जिल्ला बाल क्लब नवलपुरद्वारा बौंदिकाली र बुलिङ्टार गाउँपालिकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नवलपुर – जिल्ला बाल क्लब नवलपुरले बौंदिकाली गाउँपालिका र बुलिङ्टार गाउँपालिकासँग बाल अधिकार, बालमैत्री शासन र बाल गृह निर्माण लगायत विविध विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images
    images

    बुधबार सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष शिशिर आचार्यको अध्यक्षतामा दुवै पालिकाका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता र छलफल गरिएको हो। बौंदिकाली गाउँपालिकामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश ओझाको प्रमुख आतिथ्यता रहेको थियो।att.2va8ie5yBS25MwTjHuVye_ShES_dO-ayWAGt5Ihm0Tg.jpeg

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेत, शिक्षा शाखा अधिकृत जीवलाल भुसाल लगायतको सहभागिता रहेको थियो। त्यसैगरी, बुलिङ्टार गाउँपालिकामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी प्रमुख अतिथि रहेका थिए भने उपाध्यक्ष दिलमाया राना, सूचना प्रविधि अधिकृत सरिता भाट, बालबालिका शाखा प्रमुख नारायण पाटा मगर लगायतको उपस्थिति रहेको थियो।

    दुवै कार्यक्रममा जिल्ला बाल क्लब नवलपुरको तर्फ बाट अध्यक्ष आचार्य सहित सचिव विशाल सापकोटाको सहभागिता रहेको थियो । कार्यक्रममा बाल अधिकार संरक्षण, बालमैत्री स्थानीय शासन प्रवर्द्धन, बाल गृह निर्माण, र बाल सहभागिता सुदृढीकरणका विषयमा गहिरो छलफल भएको अध्यक्ष आचार्यले जानकारी दिए।

    कार्यक्रमका क्रममा बौंदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझा र बुलिङ्टार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीले आगामी दिनमा आफ्ना पालिकाहरूमा बालमैत्री नीति तथा कार्यक्रम ल्याउने, बालबालिकाको हक हित संरक्षण तथा प्रवर्द्धनका लागि थप कदम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

    साथै, दुबै पालिकाहरूमा संस्थागत बाल सञ्जाल गठन गरी पालिकालाई आदर्श बालमैत्री पालिका बनाउने दिशामा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

    यसबाहेक, दुबै पालिका प्रमुखहरूले हालसम्म बालबालिकाको क्षेत्रमा जिल्ला बाल क्लब नवलपुरले पुर्‍याएको साथ, समर्थन र सहकार्यको उच्च मूल्यांकन गर्दै आगामी दिनमा बालबालिका सम्बन्धी गरिने सम्पूर्ण कार्यक्रमहरूमा जिल्ला बाल क्लबसँग पछिल्लो दिनहरू जस्तै समन्वयात्मक रूपमा अघि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।

    जिल्ला बाल क्लबले बालहितमा स्थानीय तहसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ