Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सुनचाँदीमा करले उपभोक्ता मारमा, अध्यक्ष प्रेमलाल महर्जनको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन


ग्लोबल पाना
बुधबार, असार ४ २०८२
  • 514
    SHARES

  • images
    सुनचाँदीमा करले उपभोक्ता मारमा, अध्यक्ष प्रेमलाल महर्जनको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन

    काठमाडौं । सुन तथा सुनका गरगहनामा लगाइएको विलासी कर तथा भन्सार महसुल खारेजी वा नियमन गरिदिन भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले अध्यक्ष प्रेमलाल महर्जनको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

    images
    images
    images

    आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासीता कर र हिरा तथा बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेको छ।

    सरकारको यस्तो घोषणाले आम उपभोक्ता मर्कामा पर्ने भन्दै मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बजेट बाट उक्त बुँदा हटाउन माग स्वरुप प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिएको हो । सुन तथा सुनको गरगहनामा लगाइएको करको दर सम्बन्धमा र सुनचाँदी तथा सुनचाँदीको गरगहना सम्बन्धमा नियमन गर्नको लागी मञ्चले सरकारको ध्यानाकर्षण गर्दै असार १ मा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको थियो ।

    लामो समयदेखि संघीय प्रतिनिधी सभा, उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुन तथा सुनचाँदी व्यवसायलाई नियमन गर्न निर्देशन दिएकोमा हालसम्म पनि नेपाल सरकारका सम्बद्ध निकायबाट कुनै सुनुवाइ नभएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूमा निवेदन दिएको बताइएको छ ।

    २०८२/०८३ को बजेट तथा कार्यक्रमले आम उपभोक्ता तथा व्यवसायीहरुलाई आश लाग्दो सन्देश दिएको भएतापनि स्वयं व्यवसायी विशेष गरी सुनचाँदीसँग सम्बन्धीत तथा निर्माण व्यवसायसँग सम्बन्धीत व्यवसायी बजेट तथा कार्यक्रमले व्यवसायिक हित नगरेको भन्दै सडक आन्दोलनमा उत्रिएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ