Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सुशासन सूचक कार्यशाला सम्पन्न, डा. जनकराज शाहका विश्लेषणले पायो प्रशंसा


ग्लोबल पाना
बिहीबार , असार ५ २०८२
  • 834
    SHARES

  • images
    सुशासन सूचक कार्यशाला सम्पन्न, डा. जनकराज शाहका विश्लेषणले पायो प्रशंसा

    ललितपुर, असार ४ ।  लोकतान्त्रिक शासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उदेश्यले अल्टरनेटिभ फाउन्डेसनले आयोजना गरेको ‘सुशासन राष्ट्रिय सूचक निर्माण कार्यशाला’ मंगलबार ललितपुरको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA), जावलाखेलमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिको रुपमा संघीय सांसद रामहरि खतिवडाले सुशासन सुनिश्चित गर्न वैज्ञानिक र तथ्यमा आधारित सूचक प्रणाली अत्यन्त महत्वपूर्ण हुने बताए।

    images
    images
    images

    उनले यस किसिमका सूचकहरूले नीति निर्माण र कार्यान्वयनमा भरपर्दो आधार प्रदान गर्ने विश्वास व्यक्त गरे। कार्यशालाको मुख्य प्रस्तुतीकरण डा. जनकराज शाहले गरेका थिए। डा. शाहले सुशासन मापनका लागि आवश्यक राष्ट्रिय सूचकको अवधारणा, संरचना, कार्यान्वयन प्रक्रिया र सम्भावित उपयोगिताका विषयमा विस्तारपूर्वक जानकारी दिए। उनका विश्लेषणात्मक प्रस्तुतीकरणले सहभागीहरूमा गहिरो प्रभाव पार्दै समृद्ध छलफलको मौका प्रदान गर्‍यो। कार्यशालामा नीति विशेषज्ञ, संघसंस्था प्रतिनिधि, युवा, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूले समूह छलफलमार्फत सूचकको व्यवहारिक पक्षमा सुझाव र सिफारिसहरू प्रस्तुत गरे।

    अल्टरनेटिभ फाउन्डेसनका अध्यक्ष प्रकाश विक्रमले कार्यक्रममा समापन मन्तव्य दिँदै सूचक कार्यान्वयनका लागि सबै तहमा सहकार्य र संवाद आवश्यक रहेको बताए। उनले यस्ता पहलहरूले सुशासन प्रवद्र्धनमा संस्थागत बहसलाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गरे।

    कार्यक्रम संयोजक प्रदीप शर्माले सूचक निर्माण कार्यलाई व्यवहारमा ल्याउन थप साझेदारी र अन्तरसंस्थागत संवाद अपरिहार्य रहेकोमा जोड दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ