टोखा, काठमाडौं । टोखा नगरपालिकाको सत्रौँ नगरसभा अधिवेशन २०८२ असार ५ गते नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख आकर्षण नगरप्रमुख प्रकाश अधिकारी को सम्बोधन रह्यो, जसमा उनले समृद्ध, शासकीय दक्ष र नागरिकमैत्री नगर निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याए ।
"नगरपालिकाको विकास भौतिक पूर्वाधारमा मात्र सीमित हुन हुँदैन, जनतालाई छिटो र प्रभावकारी सेवा दिन सक्ने प्रशासनिक क्षमता निर्माण हाम्रो प्रमुख लक्ष्य हो," मेयर अधिकारीले स्पष्ट गरे।
उनले चालु आर्थिक वर्षको समिक्षा गर्दै आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, सरसफाइ र डिजिटल प्रशासनका क्षेत्रमा विशेष प्राथमिकता दिइने बताए । साथै, नागरिकको प्रत्यक्ष सहभागितामा योजना निर्माण र कार्यान्वयन गरिने उनको भनाइ थियो ।
नगरप्रमुखको नेतृत्वमा सम्पन्न यस नगरसभामा उपप्रमुख, वडा अध्यक्षहरू, कर्मचारी, कार्यपालिका सदस्य, सरोकारवाला निकाय, नागरिक समाज, पत्रकार लगायतका उल्लेख्य उपस्थिति रहेको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


