Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितताका लागि पत्रकार अन्तरक्रिया सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असार ६ २०८२
  • 353
    SHARES

  • images
    आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितताका लागि पत्रकार अन्तरक्रिया सम्पन्न

    काठमाडौं, असार ६ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले “आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता“ सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आज राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा आयोजना गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रमको अध्यक्षता उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. सुधा देवकोटाले गर्नु भएकाे थियाे । कार्यक्रममा कार्यक्रम संयाेजक कमलेश मिश्रले स्वागत मन्तव्य राख्दै अन्तरक्रियाको उद्देश्य स्पष्ट पार्नुभयो । मिश्रले स्वास्थ्य सेवामा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “आधारभूत तथा आकस्मिक सेवा पहुँचको विषयमा जनचेतना अभिवृद्धि गर्न सञ्चारको सक्रिय संलग्नता आवश्यक छ।”

    कार्यक्रममा डा. फणिन्द्र प्रसाद बरालले "आधारभूत स्वास्थ्य सेवाको कानुनी व्यवस्था तथा वर्तमान अवस्था" विषयमा प्रस्तुतीकरण गर्नुभयो । डा. बरालले भन्नुभयो, “नागरिकको जीवनरक्षासँग जोडिएको आधारभूत र आकस्मिक सेवा निःशुल्क र गुणस्तरीय बनाउन ऐन–नियम र संरचना स्पष्ट छन्, तर कार्यान्वयनको कमजोरी सबैभन्दा ठूलो चुनौती हो ।”

    सञ्चारकर्मीहरूसँग भएको प्रश्नोत्तर तथा छलफल सत्रमा सहभागीहरूले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवामा देखिएका व्यावहारिक समस्याहरू औँल्याउँदै समाधानका सुझावहरू पनि प्रस्तुत गरे । उक्त सत्रको सहजीकरण भोगेन्द्र राज डोटेलले गर्नुभएको थियो ।

    अन्त्यमा निर्देशक डा. सुधा देवकोटाले कार्यक्रम समापन गर्दै सञ्चारकर्मीहरूसँगको सहकार्यमार्फत स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारमा यस्ता छलफलहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ