चितवन । नेपाल कुखुरा व्यवसायी मञ्च र राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनको संयुक्त आयोजनामा “चितवन र चितवन सग जोडिएका नवलपरासी (ब.सु.पू.), मकवानपुर क्षेत्रमा कुखुरामा लाग्ने रोगहरुको बर्तमान अवस्था समस्या, चुनौती तथा समाधानका उपायहरु” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्व र पशु सेवा विभागका महानिर्देशक डा. रमानन्द तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका अतिथिमा केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र काठमाण्डौका सरिता गौतम, केन्द्रीय प्रयोगशाला काठमाण्डौका बरिष्ठ पशुचिकित्सक डा. अर्जुन अर्याल, पशु सेवा विभागका बरिष्ठ पशुचिकित्सक डा. चन्द्र ढकाल, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख श्री सुशिल के सी अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
उक्त कार्यक्रमको विषय बस्तु माथी प्रकाश पार्दै स्वागत मन्तव्य एंव राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला वाट संचालित कृयाकलापहरु, पोल्ट्री क्षेत्रमा देखा पर्ने विभिन्न रोगहरु र रोकथामको अवस्था र प्रयोगशालालाई थप व्यवस्थित बनाउन आवश्यक विषयहरुका बारेमा प्रयोगशालाका प्रमुख एंव बरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
त्यसै गरि दोस्रो कार्यपत्र कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्रध्यापक डा. अनन्त दाहालले पोल्ट्री व्यवसायमा हाल सम्म देखा परेका रोगहरु, रोगको रोकथामका लागि गरिएका प्रयासहरु र आगामी दिनमा अपनाउनु पर्ने रणनितीहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने नेपाल कुखुरा व्यवसायी मञ्चका तर्फवाट मञ्चका सचिव डा. विष्णुहरी शर्माले पोल्ट्री क्षेत्रको समग्र विकासका लागि नेपाल सरकारले गर्नु पर्ने भूमिका बारेमा पोल्ट्री क्षेत्रका समस्या र समधानका उपायहरु बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने उहांले महानिर्देशक समक्ष हस्तान्तरण समेत गर्नु भएको थियो ।
कार्यपत्र प्रस्तुत पश्तात केन्द्रीय प्रयागशालाका बरिष्ठ पशुचिकित्सक डा. अर्जुन अर्याल, नेपाल भेटेरीनरी एशोसियशन बाग्मती प्रदेशका अध्यक्ष डा. निमेष खनाल, पशु सेवा कार्यालय चितवनका प्रमुख बरिष्ठ पशु विकास अधिकृत श्री सुशिल के.सी, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्रध्यापक डा. जीवन अधिकारी लगायतले समग्र पोल्ट्री क्षेत्रको विकासका लागि अपनाउनु पर्ने भूमिकाहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. रामनन्द तिवारीले नेपाल सरकार, पशुसेवा विभागले पोल्ट्री क्षेत्रका विविध समस्याहरु समधानका लागि तत्पर रहेको, पोल्ट्री सग सम्बन्धीत निति नियमहरुमा के के सुधार आवश्यक छ हामी निजी क्षेत्र सग सहकार्य गरि निति नियम तर्जुमा गर्ने छौ । पोल्ट्री क्षेत्रमा देखा पर्ने रोगहरु को रोकथाम, नियन्त्रणका लागि सरकार, निजी क्षेत्र, पशु चिकित्सा विश्व विद्यालय, नेपाल अनुसन्धान परिषद र पशु चिकित्सकहरु सवैको महत्वपूर्ण भूमिका रहने धारणा राख्दै देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्र र कृषि क्षेत्रको एक मात्र आत्मनिर्भर पोल्ट्री क्षेत्रको विकास र सरक्षण र प्रवद्र्धन गर्ने कार्यमा नेपाल सरकार र पशु सेवा विभाग सदैव तत्पर रहेको धारणा राख्नु भएको थियो ।
कार्यक्रमको अन्तमा नेपाल कुखुरा व्यवसायी मञ्चवाट मञ्चका अध्यक्ष श्री रघुनाट भट्टले पशु सेवा विभागमा हालै नियुक्त महानिर्देशक डा. रामनन्द्य तिवारीलाई बधाई एंव सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा मञ्चका अध्यक्ष श्री रघुनाथ भट्टले कार्यक्रम अत्यन्त प्रभावकारी भएको, यस क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र, विश्व विद्यालय, संचार क्षेत्र, पशु चिकित्सकहरुको महत्वपूर्ण भूमिका रहेको बारेमा प्रकाश पार्दै सवै सवैमा धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नु भएको थियो ।
कार्यक्रमको संचालन नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका सदस्य श्री कपिलबावु खनालले गर्नु भएको थियो । कार्यक्रममा पोल्ट्री व्यवसायी संघ संस्थाका अध्यक्ष एंव पदाधिकारीहरु, सरकारी निकायका प्रमुख एव प्रतिनिधिहरु, कृषि तथा वन विश्व विद्यालयका सहप्राध्यापकहरु, पशु चिकित्सकहरु १८ जना समेत गरि ३३ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कार्यक्रम राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाको सभाकक्षमा भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


