Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निरोगी नेपाल निर्माणमा योग र आयुर्वेदिक जीवनशैलीको दीर्घकालीन प्रभाव : डा. यादव


ग्लोबल पाना
शुक्रबार, असार ६ २०८२
  • 517
    SHARES

  • images
    निरोगी नेपाल निर्माणमा योग र आयुर्वेदिक जीवनशैलीको दीर्घकालीन प्रभाव : डा. यादव

    काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘योगा फोर वन अर्थ, वन हेल्थ’ अर्थात ‘सिँगो पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ साथ ११औँ अन्तराष्ट्रिय योग दिवस मनाउन आग्रह गरेको छ। शुक्रबार एक पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी विभागले जुन २१ तारिख ११औँ अन्तराष्ट्रिय योग दिवस मनाउन आग्रह गरेको हो ।

    images
    images
    images

    दिवसबारे जानकारी दिन आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्याम बाबु यादवले योग र आयुर्वेद चिकित्साका बारेमा जानकारी दिदै आ–आफ्नो क्षेत्रमा यस दिवसलाई मनाउन आग्रह गरे । कार्यक्रममा आयुर्वेद फिजिसियन डा बंशदीप शर्मा खरेलले पूर्वीय दर्शनमा आधारित नेपालको प्राचीन, मौलिक तथा राष्ट्रिय चिकित्सा पद्धतिका रुपमा आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवा अन्तर्गत नागरिकहरुको प्रवर्धनात्मक, उपचारात्मक, निरोधात्मक आदि माध्यम द्वारा निरोगी बनाउने गरिएको बताए ।

    स्वस्थ समाज निर्माणका लागि मेरो स्वास्थ्य मेरो जिम्मेवारीको बोध गर्दै समग्र स्वाथ्यको सबलीकरणका लागि आधारभूत स्वास्थ्य सेवा दिएर योगको माध्यमबाट रोगको रोकथाम गर्न सकिने डा. खरेलले विश्वास व्यक्त गरेका छन्। शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्य रक्षाका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्साका सेवा प्रदायक संस्थाहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, संघीय–प्रादेशिक, जिल्ला स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, आयुर्वेद औषधालय, नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद शिक्षणण् अस्पताल, अन्य गैह्रसरकारी चिकित्सालयहरु द्वारा विभिन्न कार्यक्रम, क्रियाकलाप तथा जनजागरण अभियान मार्फत निरोगी नेपाल स्वस्थ समाज निर्माणका लागि कार्यहरु संचालनमा रही आएको उनीहरूले जनाएका छन्।

    संघीय संरचनामा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्साका संस्थाहरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु काठमाडौँ, नरदेवी आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौँ, सिंहदरबार वैद्यखाना, अनामनगर, काठमाडौँ, राष्ट्रिय आयुर्वेद अनसन्धान तथा तालिम केन्द्र, किर्तिपुर, आयुर्वेद चिकित्सा परिषद नेपाल, प्रादेशिक अस्पताल कोशी झापा लखनपुर, प्रादेशिक अस्पताल, धनगढी, सुदुर पश्चिम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखासमेतले संयुक्तरूपले सबैलाई ‘सिँगो पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’ आदर्श वाक्यका साथ ११औँ अन्तराष्ट्रिय योग दिवस मनाउन आग्रह गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ