Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

महर्षि कलेजमा एकल गायन प्रतियोगिता, अक्सिडेन्टल स्कुलकी दिक्षा उप्रेती प्रथम


ग्लोबल पाना
शनिबार, असार ७ २०८२
  • 582
    SHARES

  • images
    महर्षि कलेजमा एकल गायन प्रतियोगिता, अक्सिडेन्टल स्कुलकी दिक्षा उप्रेती प्रथम

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काठमाडौँ महानगरपालिकाले आयोजना गरेको एकल गायन प्रतियोगितामा दिक्षा उप्रेती प्रथम हुनुभएको छ । प्याब्सन काठमाडौँ महानगरले आज महर्षि कलेज गोँगबुमा आयोजना गरेको एकल गायन प्रतियोगितामा अक्सिडेन्टल स्कुल अनामनगरकी छात्रा उप्रेती प्रथम हुनुभएको हो ।

    images
    images
    images

    प्रतियोगितामा मनास्लु पव्लीक स्कुल नयाँबजारका छात्र सूर्य डङ्गोल दोस्रो र बोधिसत्व स्कुल डल्लुका छात्र सलीन गुरुङ तेस्रो हुनुभएको छ । यस्तै, बेवीलोन स्कुल चागलःका छात्रा सुरभी पौडेल र युरो स्कुल छाउनीका छात्रा सान्वी विष्टले शान्वना स्थान हाँसिल गर्नुभएको छ । प्याब्सन काठमाडौँ महानगरपालिकाले विद्यार्थीको शैक्षिक क्रियाकलापसँगै विद्यार्थीमा भएको अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन एकल गायन प्रतियोगिता आयोजना गरेको प्याब्सन काठमाडौँ महानगरका अध्यक्ष गगनसिंह ऐरले जानकारी दिनुभयो ।

    कार्यक्रममा महर्षि कलेजका अध्यक्ष प्रकाशचन्द्र दवाडीले नेपालको शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । शिक्षा क्षेत्रको विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय हुनुपर्ने उहाँको भनाई थियो । प्याब्सन नागार्जुन नगरपालिका अध्यक्ष बासुदेव घिमिरे, उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान)का केन्द्रीय सचिव राजेन्द्र अधिकारी, महर्षि कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारी, प्याव्सन काठमाडौँ महानगरका सचिव आरसी भट्ट, प्याब्सन महानगरका सहसचिव निर्मल पौडेललगायतले प्याब्सनले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि शिक्षाका अलावा विभिन्न अतिरिक्त कार्यक्रम गर्दै आएको बताउनुभयो ।

    काठमाडौँ महानगरभित्रका ४० विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र शान्वना स्थान हासिँल गर्ने विद्यार्थीलाई मेडल, ट्रफि र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा राष्ट्रिय गायक कुन्ती मोक्तान र सङ्गीता प्रधान राना हुनुहुन्थ्यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ