Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


ग्लोबल पाना
शनिबार, असार ७ २०८२
  • 565
    SHARES

  • images
    महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    टोखा, असार ७ । टोखा नगरपालिका-३ मा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । टोखा नगरपालिका वडा नं.३ सुर्यदर्शन हाइट, धमलटार स्थित प्रज्ञान एकेडेमीमा टोखा नगरपालिका वडा नं.३ र टोखा सरस्वती स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा एम.एन हस्पिटलको प्राविधिक सहयोगमा शिविर शनिबार सम्पन्न भएको हो ।

    images
    images
    images

    वडा कार्यालयले वडाबासिहरूको स्वास्थ्यलाई मध्यनजर गरि समय समयमा पुरूष तथा महिला लक्षित विभिन्न नि:शुल्क स्वास्थ्य शिविरका कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको टोखा नगरपालिका-३ कि वडासदस्य एवम् कार्यपालिका सदस्य शान्ता राईले बताइन् ।

    उनले प्राविधिक सहयोगी एम.एन हस्पिटललाई धन्यवाद दिँदै आगामी दिनमाहरूमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको बताइन् । एम.एन हस्पिटलका कृष्ण प्रसाद अधिकारीले शिविरको प्राविधिकको रूपमा सेवा गर्ने मौका दिएकोमा वडा र नगर प्रति आभार व्यक्त गर्दै आउँदा दिनहरूमा पनि साथ सहयोग गर्न तत्पर रहेको बताए ।

    विशेषज्ञ डाक्टर सहितको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको र अस्पतालको तर्फबाट निःशुल्क अौषधी वितरण समेत गरेको उनले जानकारी दिए । टोखा नगरपालिका-३ वडाका महिला लक्षित शिविरमा निः शुल्क पाठेघरको क्यान्सर जाँच (कोल्पोयस्कोपी, प्याप स्मेयर), निः शुल्क भिडियो एक्सरे, निः शुल्क स्तन परीक्षण, निः शुल्क स्त्री रोग विशेषज्ञ परामर्श र निः शुल्क औषधी वितरण गरिएको टोखा सरस्वती स्वास्थ्य चौकीका जनस्वास्थ्य प्रमुख संजिव कुमार पटेलले बताए ।

    शिविरमा ३० वर्षभन्दा माथिका लक्षित उमेर समुहका १७६ जना महिलाहरुको परिक्षण गरिएको पटेलले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ