Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सहमति नै समाधानको बाटो हो, संसद् अवरोध गर्नु हुँदैन : उपभापति गुरुङ


ग्लोबल पाना
आइतबार, असार ८ २०८२
  • 410
    SHARES

  • images
    सहमति नै समाधानको बाटो हो, संसद् अवरोध गर्नु हुँदैन :  उपभापति गुरुङ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै पनि बहानामा संसद् बैठक अवरोध गर्नु नहुने र कुनै पनि समस्याको समाधान सहमतिबाटै गर्न सकिने बताएका छन् । अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले जनताका आवाज मुखरित गर्ने थलोलाई कसैले पनि बन्धन बनाउन नहुने उल्लेख गरे ।

    images
    images
    images

    पूर्वमन्त्री समेत रहेका नेता गुरुङले कुनै पनि समस्याको हल सहमतिबाटै गर्न सकिने उल्लेख गर्दै हाल संसद्मा देखिएको गत्यारोध पनि सहमतिबाटै अन्त्य गर्न सकिने सुझाव दिए । फरक प्रसङ्गमा उनले राससको तस्बिर प्रदर्शनीमा रहेका तस्बिरहरू अत्यन्तै सुन्दर र जानकारीमूलक भएको उल्लेख गर्दै हिमालमा नपुगिकनै हिमालका दृश्यहरू हेर्न पाएको बताए ।

    साथै उनले स्याङ्जाको सिरुवारीमा रहेको दक्षिण एसियाको पहिलो होमस्टे गाउँजस्ता ऐतिहासिक स्थल र सम्पदाको तस्बिर समेत प्रदर्शनीमा समावेश गर्न सके अझ राम्रो हुने सुझाव दिए । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताए ।

    गत जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् । तस्बिर प्रदर्शनी यही असार १६ गतेसम्म रहने भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ