काठमाडौं । ललितपुर जिल्लाको धोविघाट सानेपा–३ मा अवस्थित मेघा अस्पताल प्रा.लि. सामाजिक सुरक्षा कोषमा आबद्ध हुने ललितपुरकै पहिलो अस्पताल बनेको छ । नेपाल सरकारअन्तर्गतको सामाजिक सुरक्षा कोषसँग गरिएको सम्झौतापछि कोषमा आबद्ध श्रमिकहरूलाई यस अस्पतालबाट सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकिने भएको छ । सम्झौतापछि सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूले उपचारका क्रममा आवश्यक पर्ने स्वास्थ्य सेवा तथा सुविधा मेघा अस्पतालबाट नै पाउनेछन् ।
सम्झौता कार्यान्वयन भएसँगै अस्पतालले कोष अन्तर्गतका सेवा विस्तार गर्दै सामाजिक उत्तरदायित्व पनि थप मजबुत बनाउने जनाएको छ । मेघा अस्पतालले केवल व्यावसायिक सेवा मात्रै होइन, सामाजिक सेवा र मानवीय सहयोगमा पनि उल्लेखनीय योगदान दिँदै आएको छ ।
सडकमा अलपत्र अवस्थामा भेटिएका १७५ जनालाई अस्पतालले पूर्ण रूपमा निशुल्क उपचार गरेको छ । रोग निको भएपछि उनीहरूलाई स्नेहा काँख, मानव सेवा आश्रम जस्ता सामाजिक संस्थाहरूमा समन्वय गर्दै आश्रय उपलब्ध गराउने कार्य गर्दै आइरहेको छ ।
त्यसैगरी, दुर्गम तथा पिछडिएका स्थानहरूमा औषधि, लत्ताकपडा लगायत सामग्री वितरण, भूकम्पका बेला राहत वितरण, कोभिड महामारीको बेला विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य सेवा, धादिङको रुबी भ्याली, काभ्रेको विकट क्षेत्र, नुवाकोट लगायत जिल्लाहरूमा हजारभन्दा बढी व्यक्तिलाई निशुल्क उपचार गर्ने कार्यमा पनि मेघा अस्पताल अग्रसर रहँदै आएको छ ।
अस्पतालका अध्यक्ष किशाेर जंग राणाले भन्नुभयाे, "हामी उपचार दिने मात्र होइन, अप्ठ्यारोमा परेका मानिसहरूको जीवनमा आशा र भरोसा पनि दिन चाहन्छौं । सामाजिक सुरक्षा कोषसँगको सहकार्य हाम्रो ‘सेवा–प्रतिबद्धता’को औपचारिक विस्तार हो । श्रमिक वर्गको स्वास्थ्यमा हाम्रो सेवा पुगुन् भन्ने हाम्रो सन्देश स्पष्ट छ । अस्पताल नाफाका लागि होइन, मानवताका लागि हुनुपर्छ।"
त्यस्तै, कार्यकारी निर्देशक रण बहादुर चन्दले भन्नुभयाे, "हामी केवल उपचारमा सीमित छैनौं, जीवनका लागि आवश्यक सेवा र माया दिनु पनि हाम्रो दायित्व हो । अस्पताललाई सामाजिक अभियानको केन्द्र बनाउँदै अघि बढिरहेका छौं । हामी समाजको हरेक कुना कुनामा पुग्न चाहन्छौं जहाँ पीडा छ, त्यहाँ सेवा पुर्याउने हाम्रो अभियान हो । कोही सडकमा अलपत्र छन्, कोही दुर्गममा औषधि बिहिन छन् यिनैको लागि मेघा अस्पताल हो ।"
उहाँरूकै नेतृत्वमा अस्पतालले सामाजिक सुरक्षामा पहुँच विस्तार गर्दै, पीडितका घाउमा मलम लगाउँदै र दुर्गमसम्म सेवा पुर्याउँदै आएको मेघा अस्पताल अब सामाजिक सुरक्षा कोषमार्फत औपचारिक रूपमा श्रमिक वर्गसँग पनि जोडिएको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै, अस्पतालले भविष्यमा अझ व्यापक, सुलभ र मानव–केन्द्रित सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


