Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको पहिलो वार्षिक साधारण सभा हुँदै, मन्त्री दाहालको प्रमुख आतिथ्य रहने


ग्लोबल पाना
बुधबार, असार ११ २०८२
  • 1,150
    SHARES

  • images
    नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको पहिलो वार्षिक साधारण सभा हुँदै, मन्त्री दाहालको प्रमुख आतिथ्य रहने

    ललितपुर ।  नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन, बागमती प्रदेश, ललितपुर द्वारा आयोजित पहिलो ऐतिहासिक वार्षिक साधारण सभा (AGM) यही २०८२ साल असार २१ गते हुने भएको छ ।

    images
    images
    images

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय श्री देवेन्द्र दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुँनुहुनेछ । उद्घाटन सत्रमा मन्त्री पाण्डेले अटोमोटिभ व्यवसाय क्षेत्रका योगदान, समसामयिक चुनौती र भविष्यका सम्भावनाका विषयमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।  

    वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, आगामी कार्ययोजना तथा नीतिगत दिशा तय गर्ने र सदस्यहरूबीच विचार आदानप्रदान गर्ने उद्देश्यले यस वार्षिक साधारण सभा आयोजना गरिएकाे संघले जनाएकाे छ । कार्यक्रममा अटोमोबाइल क्षेत्रका व्यवसायीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, विशिष्ट अतिथिहरू लगायतको उपस्थिति रहनेछ । 

    नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका संस्थाका अध्यक्ष खगेन्द्र सिंह बमले यस संस्थालाई संस्थागत विकास, सदस्यको हकहित संरक्षण र नीतिगत पैरवीका लागि सक्रिय बनाउने प्रतिबद्धता जनाउँदै आउनु भएको छ । उहाँका अनुसार, "हाम्रो संस्था व्यवसायीहरूको साझा मञ्च हो। पारदर्शिता, एकता र व्यवसायमैत्री वातावरण निर्माणमा हामी निरन्तर अग्रसर छौं। यो AGM त्यसकै प्रतिबिम्ब हुनेछ।"

    त्यस्तै, संस्थाका उपाध्यक्ष कुमार चिमोरियाले भन्नुभयाे, "अटोमोटिभ व्यवसायले मुलुकको आर्थिक गतिविधिमा ठूलो योगदान दिँदै आएको छ । राज्यको नीति र सहजीकरणले यो क्षेत्र अझ व्यवस्थित र प्रभावकारी बन्नेछ भन्ने हाम्रो अपेक्षा हो । यस AGM बाट नयाँ ऊर्जा र सहकार्यको वातावरण सिर्जना हुनेछ ।"

    नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको पहिलो वार्षिक साधारण सभा केवल औपचारिकता मात्र नभई व्यवसायीहरूबीच आपसी समझदारी, नीति निर्माणमा योगदान र आगामी दिनमा अटोमोटिभ क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । नेतृत्वले देखाएको प्रतिबद्धता र सहभागीहरूको सक्रियता मार्फत यो सभा ऐतिहासिक बन्ने विश्वास गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ