चीन । “Integrate Innovation for Energy Future” भन्नेभन्ने नारासहित चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा सम्पन्न शाङ्हाइ सहयोग संगठन (SCO) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा नेपालले ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवद्र्धन र क्षेत्रीय सहकार्यबारे आफ्ना धारणा प्रस्तुत गरेको छ ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले बैठकमा नेपालको ऊर्जा उत्पादन सम्भावना र भावी योजना प्रस्तुत गर्दै सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी गराएका छन् । यसमध्ये १५,००० मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य समेत रहेको उल्लेख गर्दै उनले नेपाल अब ऊर्जामा आत्मनिर्भर हुँदै क्षेत्रीय ऊर्जाको केन्द्र बन्ने दिशामा अघि बढिरहेको बताए ।
हाल नेपालले ३,५०० मेगावाटभन्दा बढी विद्युत उत्पादन गरिसकेको जानकारी दिँदै मन्त्रीले छिट्टै नै उत्पादन क्षमता दोब्बर पार्ने तयारी भइरहेको बताए ।
भारतको ग्रिड प्रयोग गरेर बङ्गलादेशमा पहिलोपटक विद्युत निर्यात गरिएको विषयलाई ऐतिहासिक उपलब्धि भन्दै उनले यसलाई त्रिपक्षीय ऊर्जा सहकार्यको उदाहरणीय मोडलका रूपमा वर्णन गरे ।
नेपाल SCO को संवाद साझेदार राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै मन्त्रीले क्षेत्रीय ऊर्जा सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल दृढ प्रतिबद्धताका साथ अगाडि बढिरहेको बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


