Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जडिबुटीदेखि अर्गानिक खाद्यन्नसम्मः बाजुराका धुर्वराज उपाध्यायको सफल यात्रा


ग्लोबल पाना
मंगलबार, असार १७ २०८२
  • 959
    SHARES

  • images
    जडिबुटीदेखि अर्गानिक खाद्यन्नसम्मः बाजुराका धुर्वराज उपाध्यायको सफल यात्रा

    काठमाडौं । बाजुरा जिल्लाको एक दुर्गम गाउँबाट जडिबुटी व्यवसायको थालनी गरेका धुर्वराज उपाध्याय अहिले हिमालय कृषि तथा पशुपन्छी संघ, बाजुराका सञ्चालकको रुपमा सफल उद्यमीका रूपमा परिचित हुँदै गएका छन् ।

    images
    images
    images

    उनले आफ्नो व्यवसाय काठमाडौंसम्म विस्तार गर्दै बलम्बुमा सम्पर्क कार्यालयकाे समेत स्थापना गरेका छन् । धुर्वराजले सुरुवातमा वनजंगलमा पाइने विभिन्न ओषधिजन्य जडिबुटी, अर्गानिक खाद्यान्न संकलन र बिक्रीबाट व्यवसाय थालेका थिए ।

    यस क्रममा उनले स्थानीय किसानहरूसँग समन्वय गर्दै जडिबुटी संकलन र प्रशोधनमा पनि योगदान पुर्याउँदै आएका छन् । तर धुर्वराजको पहल यतिमा मात्रै सीमित छैन । उनले  मार्सी चामल, कालो मासी, रातो मासी, मनसुली (जाउली), कोदो, फाँपर, जुलेलो लगायतका विभिन्न किसिमका अर्गानिक अन्न तथा खाद्य सामग्रीहरूको व्यवसाय काठमाडौं विभिन्न हाेटल तथा पसलहरु बेच्दै आएका छन् । 

    "हामीले आफ्ना खेतबारी र पहाडी जमिनबाट प्राप्त हुने प्राकृतिक सम्पदा सही रूपमा प्रयोग गर्न सकेमा, यो व्यवसाय मात्र होइन, जीवनशैलीको हिस्सा बन्न सक्छ," धुर्वराज बताउँछन् । उनको उद्देश्य स्थानीय किसानलाई बजारसँग जोड्नु, जडिबुटी र अर्गानिक उत्पादनमा आत्मनिर्भरता बढाउनु, र नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु हो ।

    धुर्वराज उपाध्यायजस्ता उद्यमशील व्यक्तिहरूले ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने मात्र होइन, नेपाली पहिचान र परम्परागत खेतीपातीलाई नयाँ आयाम दिने कार्य गरिरहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ