काठमाडौं, असार १८ । तारकेश्वर नगरपालिका वडा नम्बर ६, धर्मस्थलीमा आज नगर अस्पताल भवनको शिलान्यास गरिएको छ । नगर प्रमुख कृष्ण हरि महर्जनले एक विशेष समारोहका बीच शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा नं. ६ का कार्यबाहक वडा अध्यक्ष, शाखा प्रमुखहरु, नगरपालिका कर्मचारी, सञ्चारकर्मीहरू तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नगर प्रमुख महर्जनज्यूले ओपीडी सेवाबाट सुरु हुने यो अस्पतालको भवन तोकिएको समयमै निर्माण सम्पन्न गरी, क्रमिक रूपमा अन्य सेवा विस्तार गरिने जानकारी दिनुभयो। उहाँले यस अस्पतालबाट नगरवासीहरूले गुणस्तरीय सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
"स्वास्थ्य नै जीवनको मूल आधार हो," प्रमुख महर्जनले भन्नुभयो, "नगरवासीको स्वास्थ्य पहुँचलाई सुनिश्चित गर्न यो अस्पताल निर्माण हाम्रो प्रतिबद्धता हो ।"
त्यस्तै, उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अस्पताल भवन समयमै सम्पन्न भई स्थानीयवासीहरूले सहज र गुणस्तरीय स्वास्थ्य सेवा यही अस्पतालबाट छिट्टै प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तारकेश्वर नगरपालिकाले जनताको आधारभूत स्वास्थ्य हक सुनिश्चित गर्न र सेवामा पहुँच अभिवृद्धि गर्न नगर अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


