पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तिको अवसरमा असार २१ गते बृहत् जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ ।
फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाका अनुसार कार्यक्रम पोखरा सभागृहमा दिउँसो २ बजे सुरु हुनेछ। कार्यक्रममा ख्यातिप्राप्त जनवादी कलाकार जीवन शर्मा, पूर्णकला बि.सी. लगायतका कलाकारहरूको प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन् ।
जननेता मदन भण्डारीको स्मृतिमा स्थापित फाउन्डेसनले उहाँको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउँदै युवा पुस्तालाई जानकारी दिन विचार गोष्ठी, स्मारिका प्रकाशन लगायत समाज विकासका उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ ।
अध्यक्ष बास्तोलाले प्रबेश निशुल्क रहने सो कार्यक्रममा सहभागिता जनाउन सबैमा आग्रह गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


