काठमाडौं, २० असार । टोखा नगरपालिकाले डिजिटल सेवा प्रवाहमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यसहित ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’ र मोबाइल एप सार्वजनिक गरेको छ । शुक्रबार आयोजित अन्तिम कार्यशाला गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले डेढ वर्ष लामो तयारीपछि प्रणाली निर्माण सम्पन्न भएको जानकारी गराउँदै यसको प्रभावकारिताबारे प्रकाश पारे ।
‘यो केवल नम्बर प्लेट वितरण गर्ने प्रक्रिया होइन,’ बिसीले भने, ‘यसको मूल उद्देश्य भनेको नगरपालिकाको सेवा घर-घरमा सहज र प्रभावकारी रूपमा पुर्याउनु हो ।’ उनका अनुसार ड्रोन प्रविधिमार्फत सम्पूर्ण घरको डेटा सङ्कलन गरी डिजिटल प्रोफाइल तयार गरिएको छ । यसमा प्रत्येक घरको भौगोलिक विवरण, परिवारको तथ्याङ्क र डिजिटल पहिचान समेटिएको छ, जसलाई अब सेवा प्रवाह, विपद् व्यवस्थापन र विकास योजनामा प्रयोग गरिनेछ ।
सूचना प्रविधि शाखालाई अझ सक्षम बनाउनुपर्ने आवश्यकता औँल्याउँदै बिसीले भने, ‘अबको बजेटिङ र प्लानिङ नै यस प्रणालीको आधारमा हुनेछ । शाखा सबल नबनाए लगानी व्यर्थ हुनेछ ।’ नयाँ मोबाइल एपमार्फत नगरवासीले सिधै गुनासा, सुझाव वा जानकारी नगरपालिका कार्यालयसम्म पुर्याउन सक्ने व्यवस्था मिलाइएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


