Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कृषकका लागि सहुलियतपूर्ण ऋण सुनिश्चित गरौं: मन्त्री अधिकारीको राष्ट्र बैंकलाई सुझाव


ग्लोबल पाना
सोमबार, असार २३ २०८२
  • 354
    SHARES

  • images
    कृषकका लागि सहुलियतपूर्ण ऋण सुनिश्चित गरौं: मन्त्री अधिकारीको राष्ट्र बैंकलाई सुझाव

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गर्नु भएकाे छ । नेपाल राष्ट्र बैकका गर्भनर डा.विश्वनाथ पौडेलसँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औल्याउनु भयाे ।

    images
    images
    images

    ‘कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिदैन, मन्त्री अधिकारीले भन्नुभयाे, ‘कृषि ऋणको सहि उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैक समक्ष अनुरोध गर्दछु ।’

    मन्त्रीअधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिनु भयाे ।सरकारी स्वामित्वका बैकहरुले पनि कृषि कर्जा वढाउनु पर्ने र राष्ट्र बैकको कृषि कर्जा सम्वन्धमा गरिएको व्यवस्थाको पालना उनीहरुले गर्नपर्नेमा मन्त्री अधिकारीले जोड दिनुभयाे ।

    नेपाल राष्ट्र बैकका गर्भनर डा.पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्र्दभमा आफनो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरि काम गर्न जरुरी रहेको बताउनु भयाे । किसानलाई व्यवसायीक नवनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरि लगानीको आवश्यकतामा गर्भनर डा.पौडेलले जोड दिनुभयाे ।

    उहाँले आफु हालै विभिन्न जिल्लाहरुमा जाँदा माटो खेलाउनेले कृषि क्रृण नपाउने ,कागज खेलाउनेले क्रृण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई क्रृण मात्र बोकाउने भन्दा पनि किसानलाई सहि वाटोमा हिडाउन सवै निकायले प्रभावकारी भुमिका खेल्नुपर्नेमा गर्भनर डा.पौडेलले जोड दिनुभयाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ