Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया


ग्लोबल पाना
सोमबार, असार २३ २०८२
  • 429
    SHARES

  • images
    कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया

    २३ असार, पोखरा । कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा कास्कीमा यो कार्यक्रम आयोजना गरिएको हो।

    images
    images
    images

    कार्यक्रममा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रत्येक नागरिकलाई संविधानले प्रत्याभूत गरेको निशुल्क शिक्षाको अवधारणा कार्यान्वयनको तयारी हुनु सुखद पक्ष भएको बताउनुभयो।

    प्रमुख पौडेलले २०८५ साल वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान सफल रूपमा लागू गर्न सरोकारवाला सबैको सहयोग र सुझाव आवश्यक हुने उल्लेख गर्दै समन्वयका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कास्कीका सबै पालिकामा योजनाबद्ध रूपमा सरकारको अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन आग्रह गर्नुभयो।

    जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्यले हालसम्म जिल्लामा गरिएको तयारी र आगामी दिनमा गर्नुपर्ने कार्य, साथै रणनीतिक योजना निर्माणका विषयमा जानकारी दिनुभयो। उहाँले चालू वर्षको अन्त्यसम्म योजना बनाएर कार्यान्वयनमा लैजान सबै पालिकाहरुलाई आग्रह गर्नुभयो।

    कार्यक्रममा कास्कीस्थित राजनीतिक दलका प्रतिनिधि, पालिकाका प्रमुख तथा उपप्रमुख, शिक्षा महाशाखा तथा इकाइ प्रमुखहरू, शिक्षक तथा अभिभावक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरूले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको सन्दर्भमा आफ्ना धारणा राख्नुभएको थियो। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सम्पन्न कार्यक्रम शाखा अधिकृत टंकराज पौडेलले सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रम जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ