Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार


ग्लोबल पाना
मंगलबार, असार २४ २०८२
  • 259
    SHARES

  • images
    त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

    काठमाडौं ।  नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको हाे ।

    images
    images
    images

    नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए ।

    अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ