Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

NAWES र व्यवसायी संघबीच पशुकल्याणबारे अर्थपूर्ण छलफल


मंगलबार, असार २४ २०८२
  • 614
    SHARES

  • images
    NAWES र व्यवसायी संघबीच पशुकल्याणबारे अर्थपूर्ण छलफल

    काठमाडौं । नेपाल पशु कल्याण तथा वातावरण समाज (Nawes) ले गत साता काठमाडौंको नेपाल माछामासु व्यवसायी संघसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा NAWES का प्रतिनिधिहरूले पशुपंक्षीहरूलाई दया र सम्मानका साथ व्यवहार गर्नुपर्नेमा जोड दिए । उनीहरूले व्यवसायीहरूसँग छलफल गर्दै पशुकल्याणको मापदण्ड सुधार गर्न संस्था प्रतिबद्ध रहेको बताए ।

    images
    images
    images

    छलफलमा दुवै पक्षले व्यवसायी संघहरूको भूमिका पशुको राम्रो हेरचाह र जिम्मेवार पशुपालनमा महत्त्वपूर्ण हुने कुरा साझा गरे । संघका प्रतिनिधिहरूले पनि पशुकल्याणलाई लिएर सकारात्मक सोच देखाएका थिए ।

    NAWES का अध्यक्ष सुमेधा गौतम भन्छिन्, "पशुपालनमा दया, जिम्मेवारी र वैज्ञानिक सोच आवश्यक छ। व्यवसायी, उपभोक्ता र सरकार सबैको सहकार्यबाट मात्रै साँचो सुधार सम्भव हुन्छ।" पशुपालन र माछामासु उत्पादन व्यवसायलाई दया, वैज्ञानिक सोच र उत्तरदायित्वका आधारमा अघि बढाउनु आजको आवश्यकता हो । आगामी पशुकल्याण ऐन केवल कानुनी दस्तावेज नभई, पशुपंक्षीप्रतिको हाम्रो समर्पण र चेतनाको प्रतिविम्ब हो । हामी सबैले पशुपंक्षीलाई माया गर्न सिक्नुपर्छ र नेपालमा पशु कृषि प्रणालीलाई अधिक मानवीय, स्वस्थ र दिगो बनाउने दिशामा सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढिरहेकाे उनले बताईन् ।

    यस्तो किसिमको संवाद र सहकार्यले नेपालमा पशुपालन तथा माछामासु उत्पादन प्रणालीलाई अझ दयालु, जिम्मेवार र वैज्ञानिक सोचमा आधारित बनाउँदै दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ । यसले पशुपंक्षीको जीवनस्तर सुधार गर्न मात्र होइन, उपभोक्ताको स्वास्थ्य, वातावरणीय सन्तुलन र समग्र कृषि प्रणालीमै सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    NAWES ले पशुपंक्षीप्रति दयालु व्यवहारको प्रवर्द्धन गर्दै, व्यवसायी संघहरूसँग सहकार्यमार्फत नेपालमा पशुकल्याणको स्तर उकास्ने प्रयासमा अग्रसर रहनुका साथै जनचेतना, व्यवहार सुधार र नीति निर्माणमा दीर्घकालीन प्रभाव पार्ने उद्देश्यसहित क्रियाशील रहदै आएकाे छ ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ