Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बन्दीपुर केवलकार असार ३१ गते एक दिनका लागि बन्द, अन्य सेवा यथावत


ग्लोबल पाना
सोमबार, असार ३० २०८२
  • 374
    SHARES

  • images
    बन्दीपुर केवलकार असार ३१ गते एक दिनका लागि बन्द, अन्य सेवा यथावत

    काठमाडौं ।  बन्दीपुर केवलकार सेवा एक दिनका लागि बन्द हुने भएको छ । बन्दीपुर हिलअन्तर्गत संचालनमा रहेको बन्दीपुर केवलकारको सेवा यात्रुहरुको सुरक्षालाई अझ सुदृढ एवं सुनिश्चित गर्ने उद्देश्यले असार ३१ गते अन्तिम मंगलबारका दिन बन्द हुने भएको हो ।

    images
    images
    images

    केवलकारको नियमित मासिक मर्मत सम्भार कार्य संचालन गरिने भएकाले सेवा एक दिनका लागि बन्द गर्न लागेको बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।

    दीर्घकालीन सुरक्षा, मापदण्डअनुसारको गुणस्तर तथा विश्वसनियता साथ निरन्तर प्रदान हुँदै आएको जनाउँदै कम्पनीले मर्मत कार्यका कारण केबुलकार सेवा एक दिनका लागि बन्द हुन पुग्दा सम्पूर्ण यात्रु, पर्यटक, शेयरधनी तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।

    कम्पनीले केवलकार सेवा बन्द भएपनि स्काई साईकिलिङ्ग, जिपलाईन, घुमाउने घर, सोभिनर सप, ईटरी र ड्राईभ ईन रेष्टुरेण्टको सेवा भने नियमित रुपमा संचालनमा रहने तथा सटल बसबाट नियमित गन्तव्यसम्म निःशुल्क सेवा प्रदान गरिने कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले जानकारी दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ