Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दुबईमा रिजवान आलमको पहलमा त्रिपक्षीय उच्चस्तरीय भेट : लगानी, संसदीय सम्बन्ध र क्षेत्रीय विकासमा जोड


ग्लोबल पाना
सोमबार, असार ३० २०८२
  • 834
    SHARES

  • images
    दुबईमा रिजवान आलमको पहलमा त्रिपक्षीय उच्चस्तरीय भेट : लगानी, संसदीय सम्बन्ध र क्षेत्रीय विकासमा जोड

    दुबई, यूएई ।  दुबईमा रिजवान आलमको पहलमा त्रिपक्षीय उच्चस्तरीय भेट सम्पन्न भएकाे छ । मध्‍य प्रदेशका माननीय मुख्‍यमन्त्री डा. मोहन यादवले दुबईमा एक ऐतिहासिक त्रिपक्षीय भेटवार्ताको क्रममा HRH Prince Salman Bin Faisal Al Saud Investment LLC का संस्थापक तथा प्रबन्ध निर्देशक श्री रिजवान आलम र अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल यमाहीसँग विशेष भेट गर्नु भएको हाे ।

    images
    images
    images

    यो बैठक भारत–गल्फ सम्बन्ध सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। Madhya Pradesh CM Dr. Mohan Yadav Meets Rizwan Aalam & Arab Parliament President in Dubai समारोहपूर्वक स्वागत कार्यक्रमका क्रममा मुख्यमन्त्री यादवले दुवै विशिष्ट पाहुनालाई नेपाली तथा भारतीय परम्पराअनुसार “खदा” र स्मृतिचिह्न प्रदान गर्दै आपसी सम्मान र दीर्घकालीन सहकार्यको संकेत गर्नुभयो ।

    उक्त दुई घण्टा लामो त्रिपक्षीय संवादमा निम्न तीन मुख्य बुँदाहरूमा केन्द्रीत छलफल भयो:

    सांसदीय सहकार्य: मध्‍य प्रदेश, यूएई र अरब लिग संस्थाहरूबीच संसदीय अभ्यास आदानप्रदान र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने ।

    विदेशी लगानी (FDI): उर्जाशक्ति, पूर्वाधार, प्रविधि, कृषि लगायतका प्राथमिक क्षेत्रहरूमा HRH Prince Salman को लगानी सञ्जालमार्फत् मध्‍य प्रदेशमा लगानीको सम्भावनाहरू खोल्ने। क्षेत्रीय विकास: गल्फ मुलुकको पूँजी प्रवाह र अरब संसद्का पहलहरूसँग समन्वयमा संयुक्त विकास मोडेलहरू स्थापना गर्ने ।

    मुख्यमन्त्री डा. मोहन यादवले भन्नुभयो, “यो भेटवार्ता भारतका प्रदेशहरूको आकांक्षालाई गल्फ क्षेत्र तथा अरब संसद्को समर्थनसँग जोड्ने दिशामा उल्लेखनीय कदम हो। हामी सँगै मिलेर आर्थिक सहकार्य र आपसी समझदारीलाई नयाँ उचाइमा पुर्‍याउनेछौँ ।” श्रीरिजवान आलमका अनुसार, “हामीलाई यस्तो उच्चस्तरीय संवाद आयोजना गर्न पाउनुमा गर्व छ। दिगो विकास र संसदीय साझेदारीप्रति हाम्रो साझा प्रतिबद्धताले प्रभावकारी परियोजनाहरू अघि बढाउनेछ ।”

    त्यस्तै, महामहिम मोहम्मद अहमद अल यमाहीका अनुसार, “अरब संसद् भारतका प्रदेशहरूसँग संसदीय सञ्जाल विस्तार र प्रमुख परियोजनाहरूमा गल्फ लगानी प्रवाह गर्न कटिबद्ध छ ।”

    यो भेटवार्ताले क्षेत्रीय सहकार्यतर्फको प्रतिबद्धता झल्काउँछ र भविष्यमा भारत–गल्फ मुलुकबीच शासकीय र आर्थिक क्षेत्रहरूमा सहकार्यको ढोका अझ फराकिलो बनाउने संकेत दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ