काठमाडौं । भारतको गोवामा नेपाली श्रमिकहरूको लागि श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली दूतावास, नयाँ दिल्लीको आयोजनामा र सामाजिक संस्था ‘किन इन्डिया दिल्ली’को सहकार्यमा सम्पन्न यस कार्यक्रममा झण्डै २ सय नेपाली श्रमिकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य भारतमा रोजगारी गरिरहेका नेपालीहरूलाई श्रमसम्बन्धी कानुनी जानकारी प्रदान गर्नु थियो। ‘किन इन्डिया’ का निर्देशक नवीन जोशीका अनुसार, नेपाली श्रमिकहरूलाई कानुनको अभावमा धेरै समस्या भोग्नु परिरहेकोले यस्ता कार्यक्रम आवश्यक छन् ।
कार्यक्रममा दूतावासका डेपुटी चिफ डा. सुरेन्द्र थापाले श्रमिकका अधिकार, कानुनी उपाय र संकटमा परेमा सहयोग प्राप्त गर्न सकिने निकायबारे जानकारी दिए ।
त्यस्तै ‘किन इन्डिया’का नेपाल प्रमुख इन्द्रराज भट्टराईले भारतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित आप्रवासन र मानव बेचबिखनको जोखिमबारे गम्भीर ढंगले सचेत गराएका छन् ।
भट्टराईका अनुसार, रोजगारीका लागि भारतका विभिन्न स्थानहरूमा पुगेका नेपालीहरू कानुनी जानकारी नहुँदा विविध समस्यामा फस्ने गरेका छन् । मानव तस्करीको जोखिमसमेत रहेको वर्तमान परिस्थितिमा यस्ता सचेतनामूलक कार्यक्रमहरूले नेपाली श्रमिकलाई आफूलाई सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


