Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अध्यक्ष प्रचण्डद्वारा 'श्रम र उत्पादनमा वाइसिएल अभियान' उद्घाटन, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी


ग्लोबल पाना
बिहीबार , साउन १ २०८२
  • 297
    SHARES

  • images
    अध्यक्ष प्रचण्डद्वारा 'श्रम र उत्पादनमा वाइसिएल अभियान' उद्घाटन, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

    साउन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत 'श्रम र उत्पादनमा वाइसिएल अभियान' को औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा उहाँले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गर्नुभयो ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको “उत्पादन ब्रिगेड” को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ ।

    त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाइसिएललाई धन्यवाद दिन चाहन्छु।” सम्बोधनका क्रममा प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गर्नुभयो। संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ ।”

    कार्यक्रममा माओवादी केन्द्रकायुवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने वाइसिएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ। सो क्रममा अध्यक्ष प्रचण्डले युवालाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अग्रपंक्तिमा उभिन आग्रह गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ