काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा "जर्सी गाईको दूध" बोलको गीत सार्वजनिक गरेका हुन् । रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छ ।
गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन्। गीतको म्युजिक भिडीयोमा नृत्य निर्देशन तथा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन् ।
शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय गरेको छ । नविन घर्ती मगरले सम्पादन गरेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन् । गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
हेर्नुहोस उक्त गितको पुरा भिडियो:
.gif)




 x 450 (H) Global Pana.jpeg)


