Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्लाष्टिक सर्जरीको महत्वबारे छलफल, जलन उपचारमा सावधानी अपनाउन डाक्टरको आग्रह


ग्लोबल पाना
मंगलबार, असार ३१ २०८२
  • 873
    SHARES

  • images
    प्लाष्टिक सर्जरीको महत्वबारे छलफल, जलन उपचारमा सावधानी अपनाउन डाक्टरको आग्रह

    काठमाडौं । प्लाष्टिक शल्यक्रियाः आजको आवश्यकता, चाहना र यथार्थता विषयमा अन्तक्रिया सम्पन्न भएको छ । विश्व प्लाष्टिक सर्जरी डे–२०२५ (१५ जुलाई) का दिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरमा अन्तक्रिया सम्पन्न भएको हो ।

    images
    images
    images

    विभिन्न अस्पतालका डाक्टरहरुले प्लाष्टिक सर्जनबिना अरु अपुरो हुने सो अवसरमा दाबी गरे । प्लाष्टिक सर्जरीमा प्लास्टिकको प्रयोग गर्ने होइन भन्ने बुझाउन नै गाह्रो भइरहेको भन्दै डाक्टरहरुले प्लाष्टिक सर्जरी कुनै एक शरिरको भागसँग मात्रै सम्बन्धीत नभइ पुरै शरिरसँग सम्बन्धित रहेको उल्लेख गरे ।

    प्लाष्टिक सर्जरीको इतिहास, जलनका बिरामीहरु, अंगभंग हुँदाका अवस्था लगायत शरिरका सबै भागसँग सम्बन्धीत प्लाष्टिक सर्जरी र स्वास्थ्यबारे सो अवसरमा जानकारी दिइयो । डा.अनुराग सिंह थापा, डा.निरन महर्जन, डा. समिट शर्मा, डा. विशाल कार्की, डा. संगम रायमाझी, डा.पियुष दहाल, डा.शंकर राई, डा. पशुपतिबाबु पोखरेल लगायतले विभिन्न स्वास्थ्य समस्या, आफ्ना अनुभव, सर्जरी र यसबारेका विविध विषयमा प्रस्तुती र जानकारी प्रदान काम गर्ने काम सो अवसरमा भएको थियो । उपस्थितहरुले जलनका बिरामीसँग सम्बन्धीत विषयबारे बढी जिज्ञाशा राखेका थिए ।

    जलनलाई सामान्य ठानिदिँदा मृत्यु हुनसक्ने भन्दै डाक्टरहरुले रोकथाममा समयमै लाग्न आग्रह गरेका छन् जलनका बेला टुथपेष्ट, घ्युकुमारी, गोलभेंडा लगाउनु गलत भएको भन्दै जलन हुँदा सामान्य चिसो पानीले २० देखि २५ मिनेट धुनु सबैभन्दा उपयुक्त हुने सुझाव उनीहरुले दिएका छन्। डाक्टरहरुले प्लाष्टिक सर्जरीको बीमा आवश्यक रहेको विषय उजागर गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ