Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विदुरमा ‘कोरा साइकलिङ - २०२५’ भव्य रुपमा सम्पन्न, मेयर श्रेष्ठको नेतृत्वमा हरित र ऐतिहासिक यात्रा


ग्लोबल पाना
शनिबार, साउन ३ २०८२
  • 354
    SHARES

  • images
    विदुरमा ‘कोरा साइकलिङ - २०२५’ भव्य रुपमा सम्पन्न, मेयर श्रेष्ठको नेतृत्वमा हरित र ऐतिहासिक यात्रा

    नुवाकोट । विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठको पहल र नेतृत्वमा आयोजित KORA CYCLING CHALLENGE–2025 भव्य रूपमा सम्पन्न भएको छ । शारीरिक स्वास्थ्य, धार्मिक–साँस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन र वातावरणमैत्री यात्राको संदेश बोकेको यस अभियानमा १५० भन्दा बढी साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    images
    images
    images

    नगरपालिकाको कार्यालयबाट सुरु भई बनदेवी, इन्द्रचोक, स्वयम्भु चैत्य, साततले दरबार, भैरवीदेवी मन्दिर, धरमपानी, बाराही मन्दिर, बट्टार पुरानोपाटी हुँदै १३ किलोमिटर लामो यात्रा नगर कार्यालयमै पुगेर सम्पन्न भएको हो । मेयर श्रेष्ठले स्वयम् अग्रपंक्तिमा उभिएर साइकल यात्रा सञ्चालन गरे ।

    उनले यस्ता अभियानहरू नगरको समग्र पहिचान, नागरिकको स्वास्थ्य, सम्पदा संरक्षण र वातावरणीय चेतनाका लागि अत्यन्तै आवश्यक रहेको बताए । "साइकल यात्रा केवल शारीरिक अभ्यास होइन, हाम्रो जीवनशैली सुधार गर्ने र नगरलाई स्वच्छ, हरित र सचेत बनाउने अभियान हो," मेयर श्रेष्ठले भने ।

    उनको दूरदर्शिता र सक्रिय नेतृत्वले नगरवासी तथा युवा पुस्तालाई सन्देशमूलक यात्रा तर्फ आकर्षित गर्न सफल भएको सहभागिहरूले प्रतिक्रिया दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ