काठमाडौं, साउन ७ । सजिलो, आत्मीय र सम्मानजनक परिवेशमा महालेखा परीक्षकको कार्यालय, अनामनगरमा बुधबार सम्पन्न नवौं विभागीय अधिवेशन तथा स्वागत–बिदाइ एवं सम्मान कार्यक्रमले समसामयिक निजामती सरोकारका विषयहरूमा गहिरो सन्देश दिएको छ।
आज बिहान ११:०० बजे सुरु भएको उक्त कार्यक्रममा नव नियुक्त तथा पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत, अवकाश प्राप्तलाई बिदाइ तथा पूर्व महालेखा परीक्षक बद्री बहादुर कार्कीलाई अवकाशमय जीवनको सफलताको अवसरमा विशेष सम्मान प्रदान गरिएको थियो भने नव नियुक्त तथा पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत र अवकाश प्राप्त कर्मचारीलाई बिदाइ गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले संसदलाई झुक्याउने गरी 'कुलिङ पिरियड' तोडमोड गर्न खोज्नु गम्भीर धोका भएको बताए । उनले भने, “एउटा समितिबाट पारित भइसकेको कुलिङ पिरियडको व्यवस्था सिङ्गो सदन झुक्याउने गरी अर्को प्रस्ताव आउँछ भने त्यो भन्दा ठूलो धोका अरू के हुन्छ? भोलि देशलाई नै खतरा हुने गरी संशोधन भयो भने यसको जवाफदेही को हुन्छ?”
कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय महासचिव जनक रावलले समायोजन प्रक्रिया कर्मचारीको मनोबल गिराउने गरी लागू भएको उल्लेख गर्दै भने, “वृत्ति विकास, पहिचान, समुचित जिम्मेवारी र भविष्य सुरक्षा — यी सबैलाई गम्भीर रूपमा असर पुर्याउने गरी समायोजन गरिएको छ । यसलाई सुधार नगरी कर्मचारीमा निष्पक्षता र न्यायको प्रत्याभूति सम्भव छैन ।” उनले थपे, “युनियनको बटम लाइन एकदम स्पष्ट छ, समायोजनको पुनरावलोकन अब अपरिहार्य भएको छ । हामी कर्मचारीका हकहितमा कुनै सम्झौता गर्दैनौं ।”
कार्यक्रममा वक्ताहरूले निजामती सेवा प्रणालीलाई प्रभावकारी, पारदर्शी र कर्मचारीमैत्री बनाउन वर्तमान नीतिगत संरचनामा पुनरावलोकन आवश्यक रहेको धारणा राखेका थिए । समारोहले नव नियुक्त, पदोन्नति प्राप्त र अवकाश प्राप्त कर्मचारीबीच सम्मान, जिम्मेवारी र प्रेरणा आदान–प्रदान गर्ने अवसर प्रदान गर्नुका साथै समसामयिक कर्मचारी सरोकारका विषयमा स्पष्ट सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


