Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अध्यक्ष बोहराको पहलमा त्रिपुरासुन्दरीले बनायो अस्थायी आवास


ग्लोबल पाना
शुक्रबार, साउन ९ २०८२
  • 1,023
    SHARES

  • images
    अध्यक्ष बोहराको पहलमा त्रिपुरासुन्दरीले बनायो अस्थायी आवास

    सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको नेतृत्वमा वर्षाका कारण पहिरोबाट प्रभावित परिवारहरूका लागि अस्थायी आवास निर्माण गरिएको छ ।

    images
    images
    images

    गाउँपालिका–५ का पातखर्क, विगल र चकचमामा रहेका पाँच परिवार पहिरोको उच्च जोखिममा परेपछि अध्यक्ष बोहराको तत्काल पहलमा त्रिपाल, प्लास्टिक, खानेपानीका पाइप वितरण गर्दै अस्थायी आवास बनाइएको हो ।

    “घरनजिकै पहिरो खसेको छ, भोलि ठूलो घटना नहोस् भनेर तत्काल सुरक्षित स्थानमा सारिएको हो,” अध्यक्ष बोहराले बताए । उनका अनुसार पीडित परिवारलाई सुरक्षित बसोबासका साथै आधारभूत सामग्रीहरू प्रदान गरिएको छ ।

    यस कार्यमा उपाध्यक्ष गीता कुमारी नेपाल, विपद् सम्पर्क व्यक्ति विज्ञान बोहरा र पिस्कर प्रहरी चौकीका प्रमुख कृष्ण नन्दन पाण्ड्यको समेत सक्रिय सहयोग रहेको अध्यक्ष बोहराले जानकारी दिए ।

    बिपद् जोखिममा परेका नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै त्रिपुरासुन्दरी गाउँपालिकाले स्थानीय सरकारको उत्तरदायी भूमिका प्रस्तुत गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ