Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

समाज परिवर्तनकाे उदाहरण: ॐ समाज डेन्टल अस्पतालले ७०१ जनालाई निःशुल्क दन्त सेवा, प्यारामाउन्ट एकेडेमीसँग MOU पनि सम्पन्न


ग्लोबल पाना
शनिबार, साउन १० २०८२
  • 410
    SHARES

  • images
    समाज परिवर्तनकाे उदाहरण: ॐ समाज डेन्टल अस्पतालले ७०१ जनालाई निःशुल्क दन्त सेवा, प्यारामाउन्ट एकेडेमीसँग MOU पनि सम्पन्न

    काठमाडौं ।  टाेखा–१० मा अवस्थित प्यारामाउन्ट एकेडेमी P.A. कलेजको परिसरमा सम्पन्न निःशुल्क दन्त स्वास्थ्य सिविरमा ७०१ जनाले सेवा प्राप्त गरेका छन्। उक्त सिविरमा ५३ जनाको दाँत निकालिएको र ४९ जनाको दाँत सफा गरिएको हो। सार्वजनिक स्वास्थ्य सचेतना र समुदायप्रतिको उत्तरदायित्व बोक्दै आयोजना गरिएको उक्त सिविरको प्राविधिक सहयोग ॐ समाज डेन्टल अस्पतालले गरेको थियो। कार्यक्रमको आयोजक टाेखा नगरपालिका–८ रहँदा, सह–आयोजकको रूपमा लायन्स क्लब अफ काठमाडौं प्यारामाउन्ट, लायन्स क्लब अफ काठमाडौं भ्याली वेस्ट, लायन्स क्लब अफ काठमाडौं कामना, लायन्स क्लब अफ बालकुमारी साङ्गला, तथा लायन्स क्लब अफ काठमाडौं सुनाखरीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    images
    images
    images

    कार्यक्रम सफल बनाउन सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाको समन्वय उल्लेखनीय रह्यो। उहाँकै पहलमा स्वास्थ्य सिविर मात्र नभई सामाजिक सन्देश बोकेको अभियान पनि एकसाथ सम्पन्न भयो। विद्यालयका प्रधानाध्यापकले भने: "साच्चिकै समाजकाे लागि गर्ने भनेकै सेवा हो। शिक्षा र स्वास्थ्यमा समान पहुँच दिलाउनु नै हाम्रो धर्म हो ।" लायन्स क्लब अफ काठमाडौं प्यारामाउन्टका सदस्य समेत रहेका पाण्डे भन्नुहुन्छ: "हामीले शिक्षा सस्तो र सर्वसुलभ बनाएर समाजका सबै वर्गका बालबालिकालाई उज्यालो भविष्य दिने प्रयास गरेका छौं ।"

    कार्यक्रमका विशेष अतिथि लायन्स ३२५S का गभर्नर विनय बस्नेतले भावुक हुँदै भन्नुभयो: "सेवा गर्नु नै साँचो धर्म हो। सेवा गर्न मन्दिर जान जरुरी छैन – वृद्ध आमाबुबाको सेवा गर्नु नै पूजा हो।" प्यारामाउन्ट एकेडेमीका तर्फबाट जानकारी गराइए अनुसार, विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिँदै सबै समुदायका बालबालिकालाई शिक्षा दिन कटिबद्ध छ। यस कार्यक्रमले शिक्षा, स्वास्थ्य र सेवा — तीनै क्षेत्रको समन्वयमार्फत समाज रूपान्तरणको स्पष्ट सन्देश दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ