पाेर्चुगल । गैर आबासिय नेपाली सघ पोर्चुगलको सपथग्रहण कार्यक्रम सनिश्चवार पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ । एन आर एन ए पोर्चुगलको दशौ महाधिवेशन बाट निर्वाचित अध्यक्ष दीपा काफ्ले लगाएत सम्पुर्ण कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई निर्वाचन समितिका सम्योजक गम्बिरजङ्ग गुरुङ्ग के पद तथा गोपनिएताको सपथ ग्रहण गराउनु भएको थियो ।
यहि जुलाई 6 तारिख मा लिस्बोन मा सम्पन्न महाधिवेशनमा धेरै पदमा निर्बिरोध उमेदवारहरु निर्वाचित भएका थिए भने अध्यक्ष र कोषाध्यक्ष पदमा भने चुनाव गर्नु परेको ले सपथग्रहण कार्यक्रम ढिलो हुन गएको सम्योजक गुरुङ्ग ले बताउनु भयो ।
गैर आबासिय नेपाली सघको केन्द्रिय सचिब तिलक प्रसाद गैर्हे को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा जन सम्पर्क मन्च पोर्चुगल का अध्यक्ष युवराज पन्थी, जन प्रगतीशिल मन्चका अध्यक्ष रेशम बस्नेत गैर आबासिय नेपाली सघ युरोप उपसम्योजक माधव पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित आइसिसी सदस्यहरु राजकुमार गुरुङ्ग, बिनोद बुढाथोकी र सरिता शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ भने कार्यसमितिमा अध्यक्ष दीपा काफ्ले उपाध्यक्षहरु प्रेम बहादुर बुढाप्रीथी, गणेस गुरुङ्ग, शिवराज राई, नृपेश गिरि, सुदन निउरे, बिष्णु बहादुर घर्ती र सरस्वती खनाल तिमिल्सिना, महिला उपाध्यक्ष मा पेमा डोल्मा शेर्पा निर्वाचित हुनु भएको छ ।
त्यस्तै महासचिवमा गोबिन्द बुढाथोकी सचिवहरु सुरज भण्डारी, पुस्करराज जोशी र सुवास पौडेल निर्वाचित हुनु भएको छ । महिला सम्योजक खगिसरा न्यौपाने युवा संयोजक पेम्वा शेर्पा, लेखा संयोजक सुरेश गिरी लगाएत निर्वाचित हुनु भएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


