न्युयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा आयोजित एक विशेष समारोहमा नेपालका सांसद ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित भएका छन् । समारोहमा अवार्ड ग्रहण गरेपछि शाहीले उक्त सम्मान सम्पूर्ण नेपाली समुदायको साझा गौरव भएको उल्लेख गर्दै, यो सम्मान कर्णाली र जुम्ली जनताको अटुट विश्वास र साथकै प्रतिफल भएको बताए ।
“ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै देश–विदेशमा रहेका नेपालीहरूको विश्वासको उपज हो,” उनले भने, “यसले समाजमा सकारात्मक सोच, समर्पण र एकता सुदृढ गर्न प्रेरणा दिनेछ।” शाहीले अवार्ड आयोजक संस्था ‘हामी ग्लोबल नेपाली’ को कार्यप्रति पनि उच्च सम्मान व्यक्त गर्दै, “समितिले जुन लगनशीलता, समर्पण र व्यवस्थापन क्षमताका साथ यो कार्यक्रम सम्पन्न गर्यो, त्यो अत्यन्तै प्रशंसनीय छ,” भने ।
कार्यक्रमको भव्यता, सौहार्दपूर्ण वातावरण र व्यावसायिक प्रस्तुतिले उपस्थित सबैलाई प्रभावित पारेको थियो । सांसद शाहीलाई प्रदान गरिएको यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली पहिचान र योगदानलाई विश्व मञ्चमा थप उजागर गराउने विश्वास गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


