नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नेपाली प्रतिनिधिमण्डलले विविध क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय भेटघाट, छलफल तथा अवलोकन कार्यक्रमहरूमा सहभागिता जनाएको छ ।
सांसद अब्दुल खानसहितको माननीयहरुको टोलीको नेतृत्वमा भइरहेको भ्रमण अझै समाप्त भएको छैन । भ्रमण अन्तर्गतका कार्यक्रमहरू साउन २० गते (अगस्ट ४ तारिख) सम्म दिल्ली र अहमदाबादसम्म विस्तार हुनेछ ।
कृषि अनुसन्धान संस्थामा सहकार्यको आह्वान :
ICAR–Indian Agricultural Research Institute, New Delhi मा प्रमुखहरूसँग छलफल गर्दै नेपालको कृषि क्षेत्रमा प्रविधि, अनुसन्धान र सहकार्यका सम्भावनामा केन्द्रित संवाद गरिएको थियो । टोलीले Nanaji Deshmukh National Plant Phenomic Facility, Integrated Farming System Model, तथा Center for Protected Cultivation Technology को अवलोकनसमेत गरेको थियो ।
भारतका कूटनीतिज्ञहरूसँग नेपालको मुद्दामा संवाद : Vivekananda International Foundation मा भारतीय उच्चस्तरीय कूटनीतिज्ञहरूसँग नेपालको राजनीतिक अवस्था, द्विपक्षीय सम्बन्ध, सिमा समस्या र जलसम्पदा व्यवस्थापन विषयमा गहन छलफल भएको थियो । सांसद खानले नेपालगञ्ज–दिल्ली सिधा हवाई सेवा सञ्चालन, सिमा नाका खोल्ने, १९५० सन्धीको प्रभावकारी कार्यान्वयन, तथा पानीको साझा समाधानको खाँचो बारेमा स्पष्ट धारणा राखेका थिए ।
भाजपा नेताहरूसँग संगठनात्मक अनुभव आदान–प्रदान: भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा आयोजित भेटघाटमा सांसद खानले विजय चौथाइवाले, शिवप्रकाश, तथा सञ्जय जैसवालजस्ता नेताहरूसँग संगठन, रणनीति र क्षेत्रीय सहकार्यका विषयमा अनुभव साटासाट गरेका थिए ।
वाणिज्य, उद्योग र लगानी विषयमा FICCI सँग छलफल: Federation of Indian Chambers of Commerce and Industry (FICCI) को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल–भारत व्यापार, निर्यात–आयात, निजी क्षेत्रको लगानी प्रवर्द्धन लगायत विषयमा गम्भीर छलफल भएको थियो ।
भ्रमण अझै जारी छ र बाँकी कार्यक्रमहरू दिल्ली तथा अहमदाबादमा संचालन हुनेछ । सांसद खानले भ्रमणलाई नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने एक अवसरको रूपमा लिएको उल्लेख गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


