Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नागपञ्चमी आज: परम्पराअनुसार पूजा गरी मूलढोकामा नागका तस्बिर टाँसिँदै


ग्लोबल पाना
मंगलबार, साउन १३ २०८२
  • 695
    SHARES

  • images
    नागपञ्चमी आज: परम्पराअनुसार पूजा गरी मूलढोकामा नागका तस्बिर टाँसिँदै

    काठमाडौं  । आज देशभर परम्पराअनुसार नागपञ्चमी पर्व मनाइँदैछ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँस्ने परम्परा रहिआएको छ ।

    images
    images
    images

    धार्मिक विश्वासअनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायतका जीवले दुःख नदिने र आगो, मेघ तथा चट्याङको भयबाट जोगिन सकिने मान्यता रहेको छ । 

    वैदिक सनातन परम्परादेखि नै नागलाई भगवान् विष्णु र शिवका रूपमा पूजिने गरिएको पाइन्छ । भगवान् शिवले नागको माला धारण गर्ने र विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले नाग पूजा विशेष महत्व राख्छ ।

    प्रथम पूज्य गणेशको हातमा नाग रहेको चित्रण पाइन्छ भने विष्णुको अवतार श्रीरामचन्द्रका भाई लक्ष्मण र श्रीकृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिन्छ । उनीहरूले दुर्जनको नाश र सज्जनको रक्षाका लागि विष्णुका साथ सहयोगीको रूपमा जन्म लिएको कुरा विभिन्न पुराणमा वर्णित छ ।

    त्यस्तै, श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग र बुद्धको मूर्तिमा मुकुटसरूप सर्पको आकृति देखिनु पनि नागसँग सम्बन्धित धार्मिक धारणा हो । त्यसैगरी, मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला देखिन्छ भने जैन तीर्थङ्करहरुको शिरमा पनि सर्पाकार मुकुट हुन्छ ।

    धर्मशास्त्रमा पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग पनि उल्लेख गरिएको छ, जसले नाग संस्कृतिको ऐतिहासिक महत्व झल्काउँछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ