Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सञ्चारकर्मी सरोज ओझा ‘नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ’बाट सम्मानित


ग्लोबल पाना
बुधबार, साउन १४ २०८२
  • 413
    SHARES

  • images
    सञ्चारकर्मी सरोज ओझा ‘नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ’बाट सम्मानित

    काठमाडौं । नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ (NALBA) ले कृषि तथा पशुपन्छी क्षेत्रको सशक्त रूपमा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ सञ्चारकर्मी तथा ‘राज्य दैनिक’का सम्पादक सरोज ओझालाई एक विशेष समारोहका बीच सम्मानित गरेको छ। मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा संघले ओझाको कृषि–पशुपन्छी पत्रकारितामार्फत कृषक र नीति निर्माताबीच सेतुको भूमिकामा पुर्‍याएको योगदान, सूचनाको प्रवाह तथा जनचेतनाको अभिवृद्धिमा पु¥याएको उल्लेखनीय योगदानको उच्च प्रशंसा गरेको हो ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ थिए। कार्यक्रममा संघका अध्यक्ष टीका प्रसाद घिमिरे र महासचिव श्रीकृष्ण भण्डारीले संयुक्त रूपमा सञ्चारकर्मी ओझालाई सम्मान–पत्र प्रदान गर्दै कृषि तथा पशुपंछी व्यवसायको समृद्धिमा प्रेरणादायी भूमिका निर्वाह गरेको उल्लेख गरे ।

    संघद्वारा प्रदान गरिएको सम्मान–पत्रमा भनिएको छः “तपाईंको कलमले कृषि र पशुपंछी व्यवसायलाई समृद्ध बनाउने यात्रामा पुर्‍याएको योगदानलाई कदर गर्दै नेपाल कृषि तथा पशुपंछी व्यवसायी संघ (NALBA) को तर्फबाट यो सम्मान–पत्र प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।” कार्यक्रममा सरोज ओझासँगै विभिन्न क्षेत्रका पत्रकार तथा व्यवसायीहरू पनि सम्मानित भए ।

    सम्मानित हुने अन्य व्यक्तिहरूमध्ये आर्थिक आवाजका सम्पादक, ईमेज टिभीकी समाचार वाचिका पिताम्बरी (प्रमिला) खतिवडा, नवप्रभात डेरी उद्योगका अध्यक्ष खुल प्रसाद हुमागाई (काजी दाइ), रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चपागाईं, तथा दुर्गा चन्द्र के.सी. बाँस्तोला गाई फार्मका सञ्चालक रहेका छन् ।

    कार्यक्रममा ‘कृषि पत्रकारिता, कृषकको आवाज र नीति निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयमा विशेष छलफल पनि गरिएको थियो। उक्त कार्यक्रममा कृषि क्षेत्रका व्यवसायी, पत्रकार, संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ