काठमाडौं । जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालले पहिलोपटक आयोजना गर्न लागेको ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्वको कार्यक्रम South Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) यही साउन १५ देखि १८ गते (जुलाई ३१ – अगस्ट ३, २०२५) सम्म काठमाडौंको Aloft Hotel, Thamel मा भव्य रूपमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ ।
“Bridging Nations – Building Leadership” भन्ने नाराका साथ आयोजित यस एकेडेमीले दक्षिण एसियाका युवा नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याउने, अन्तरसंस्कृतिक समझदारी विस्तार गर्ने, क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने र साझा भविष्य निर्माणतर्फ अग्रसर गराउने उद्देश्य राखेको छ । नेपाल जेसीज २०२५ की अध्यक्ष रञ्जनी थापा का अनुसार, "SAAIL केवल नेतृत्व विकासको कार्यक्रम होइन; यो दक्षिण एसियाको साझा भविष्य निर्माणतर्फको अग्रसरता हो। हामीले ASPAC 2025 मा जुन साझा सपना देख्यौं, त्यो आज नेपालबाट प्रारम्भ हुँदैछ । यसले सम्पूर्ण क्षेत्रको एकता, मित्रता र दीर्घकालीन सहकार्यको सम्भावना समेटेको छ । नेपाल जेसीजको नेतृत्व गर्दै यस्तो ऐतिहासिक प्रयासको अगुवाई गर्न पाउनु गौरवको विषय हो ।"
SAAIL को अवधारणा JCI Asia-Pacific Conference (ASPAC) 2025, उलानबटार, मंगोलियामा जन्मिएको हो। नेपाल, भारत, श्रीलंका र बंगलादेशबीच हस्ताक्षरित सम्झौताअनुसार चार राष्ट्रहरूले मिलेर SAAIL स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। नेपाल यस ऐतिहासिक संकल्पको पहिलो कार्यान्वयन स्थल बन्ने अवसर पाएको छ ।
कार्यक्रम निर्देशक एवं पूर्व राष्ट्रिय अध्यक्ष तथा JCI सिनेटर प्रज्ञा राज राजभण्डारीले SAAIL लाई दीर्घकालीन नेतृत्व विकास, युवा नवप्रवर्तन र क्षेत्रीय सहकार्यको मञ्चका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमका मुख्य उद्देश्यहरू: युवा नेतृत्व क्षमताको बहुआयामिक विकास दक्षिण एसियाली राष्ट्रहरूबीच आपसी समझदारी, मित्रता र सहकार्य प्रवर्द्धन नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रचार अन्तर्राष्ट्रिय सहभागिताबाट उद्योग, लगानी र नवप्रवर्तनको सम्भावना दीर्घकालीन नेटवर्क र क्षेत्रीय साझेदारीको निर्माण विशेष कार्यक्रमहरू: नेतृत्व विकास सत्रहरू: नीति निर्माण, सार्वजनिक सेवा, उद्यमशीलता र नवप्रवर्तनमा आधारित कार्यशालाहरू सांस्कृतिक आदानप्रदान: काठमाडौं, लुम्बिनी, पोखरा, पाटन, भक्तपुर, स्वयम्भू, बौद्ध आदि सम्पदा क्षेत्रहरूको अवलोकन क्षेत्रीय फेलोसिप तथा साँस्कृतिक उत्सव विशिष्ट अतिथिहरूको उपस्थिति सहित औपचारिक उद्घाटन तथा समापन समारोह Nepal to Sri Lanka: श्रीलंका राजदूतावास तथा महामहिम राजदूत पूर्ण बहादुर नेपालीको आतिथ्यमा Jaycees in Business कार्यक्रम आवास, भोजन, भ्रमण तथा आतिथ्यको सम्पूर्ण व्यवस्थापन JCI नेपालद्वारा कार्यक्रममा JCI Asia-Pacific तर्फका कार्यकारिणी उपाध्यक्ष Mark Joseph David, उपाध्यक्ष Hiroki Tomori, अन्तर्राष्ट्रिय सिनेटरहरू, युवा उद्यमीहरू, समाजसेवीहरू तथा प्रमुख दक्षिण एसियाली नेतृत्वकर्ताहरूको सहभागिता अपेक्षित गरिएको छ ।
नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन भन्छिन् – "SAAIL नेपालको माध्यमबाट हामीले नेपालको सांस्कृतिक, भौगोलिक र जैविक विविधतालाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्दैछौं । यो केवल एउटा इभेन्ट होइन, नेपाललाई नेतृत्व, उद्यमशीलता र अन्तर्राष्ट्रिय समन्वयको केन्द्र बनाउनतर्फको ठूलो पाइला हो ।" अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी हुन खुला आमन्त्रण गरिएको छ।
नेपालले SAAIL – २०२५ को माध्यमबाट युवाहरूलाई समर्पित अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै सहकार्य, नेतृत्व विकास, र लगानीमैत्री वातावरण निर्माणमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


