काठमाडौं । सामाजिक उत्तरदायित्व र नागरिक स्वास्थ्यप्रतिको प्रतिबद्धता जनाउँदै एनएमबि बैंक, ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालबीच त्रिपक्षीय समझदारी (MOU) सम्पन्न भएको छ । साथै, सफल ब्युटी होमसँग पनि सहकार्य विस्तार गरिएको छ ।
उक्त सम्झौता कार्यक्रम काठमाडौंको बसुन्धारास्थित एनएमबि बैंकको आफ्नै भवनमा सम्पन्न भएको हो। अब बैंकका सम्पूर्ण खातावालाहरूले यी संस्थाबाट १५% देखि २०% सम्मको छुट, प्राथमिक सेवा, हेल्प डेस्क सुविधा र निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुने अवसर पाउने छन् ।
सहुलियत सुविधाः
दन्त, महिला र बाल स्वास्थ्य सेवामा १५%–२०% छुट
प्राथमिकता सहितको सेवा र हेल्प डेस्क
निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुने अवसर
संयुक्त रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन
सम्झौतामा ॐ समाज डेन्टल अस्पतालकी शाखा प्रमुख सबिना पपन गुरुङ, एनएमबि बैंक गोंगबु शाखाकी प्रमुख अस्मिता बुढाथोकी, रिलेसनसिप म्यानेजर उपेन्द्र कंडेल, ईसान महिला तथा बाल अस्पताल तथा सफल ब्युटी होमका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा सामाजिक अभियन्ता राजन थापाले श्रीपशुपतिनाथ महायज्ञ–२०८२ अन्तर्गत ॐ समाज डेन्टल र ईसान अस्पतालबाट महिनाभर निःशुल्क सेवा प्रदान गरिँदै आएको जानकारी गराए ।
वरिष्ठ आरोग्य चिकित्सक डा. आर.पी. चौधरीले भने, “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहुलियत दिलाउनु बैंकहरूको सामाजिक जिम्मेवारी हो । अब एनएमबि खातावालाहरूले विदेशमा सम्भव नभएका उपचार समेत सहज रूपमा पाउने छन् ।”
शाखा प्रमुख सबिना गुरुङले भनिन्, “हामी सडकदेखि सदनसम्म सबै नागरिकलाई सहज र गुणस्तरीय सेवा दिने संकल्पमा छौं । यो सहकार्य त्यसतर्फको दृढ कदम हो ।” यो सहकार्यले समाजका सबै वर्गलाई लक्षित गर्दै 'स्वास्थ्य पनि, सहुलियत पनि' भन्ने नारालाई व्यवहारमा उतार्ने उद्देश्य राखेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


