Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्राविधिक शिक्षा आजको आवश्यकता : कुलपति डा. गुरुङ


ग्लोबल पाना
मंगलबार, माघ ३ २०७९
  • 390
    SHARES

  • images
    प्राविधिक शिक्षा आजको आवश्यकता : कुलपति डा. गुरुङ

    काठमाडौं । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले प्राविधक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । पोखरा महानगरापालिका-३२, राजाको चौतारास्थित  ब्रह्मरुपा माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको आज यहाँ उद्घाटन गर्दै उनले देशका लागि योग्य र सक्षम नागरिक उत्पादन गर्न प्राविधिक शिक्षा अपरिहार्य रहेको बताए । 

    images
    images
    images

    विद्यालयलाई गण्डकी विश्वविद्यालयको फिडर विद्यालयका रपमा हेरिएको बताउँदै उनले योप्रदेशकै उच्चकोटीको शैक्षिक संस्था बन्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले विद्यालयले गुणस्तरीय शिक्षालाई जोड दिएको उल्लेख गर्दै विद्यार्थी, शिक्षक र अभिभावक सबैको साथ सहयोगमा उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने बताए । 

     प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयको आर्थिक विवरण, भावी रणनीति र योजना प्रस्तुत गर्दै यसलाई जिल्लाकै सूचना प्रविधि मैत्रीे विद्यालयका रूपमा अगाडि बढाउने बताए । विद्यालय निरीक्षक विश्वराज आचार्य, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, नेपाल शिक्षक सङ्घ कास्कीका अध्यक्ष रमेश भट्टराईलगायतले विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा गरेको योगदानको चर्चा गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ