Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस भव्य रूपमा सम्पन्न, विविध सम्मान तथा पुरस्कार वितरण


ग्लोबल पाना
बिहीबार , साउन १५ २०८२
  • 1,183
    SHARES

  • images
    सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस भव्य रूपमा सम्पन्न, विविध सम्मान तथा पुरस्कार वितरण

    काठमाडौं, श्रावण १५ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजनामा “सहिद स्मृति मूल समारोह, उत्कृष्ट कार्य समिति घोषणा, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम” आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालको अध्यक्षता र महासचिव रामचन्द्र अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    सहिद सुरेन्द्र बिकका सुपुत्र नविन विश्वकर्मा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा महासचिव पोखरेलले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सहिद मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र बिकको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै निजामती आन्दोलनमा उनीहरूको योगदानको सम्मान गरिएको थियो ।

    समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्यसमितिहरू, योगदानकर्ता कर्मचारी तथा प्रतिभाहरुलाई सम्मान र पुरस्कार प्रदान गरियो । राष्ट्रव्यापी रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगितामा संघीय संसद सचिवालय टिम प्रथम, महान्यायाधिवक्ताको कार्यालय दोस्रो र भक्तपुर जिल्ला कार्य समिति तेस्रो स्थानमा रह्यो । उपत्यका स्तरीय कविता प्रतियोगितामा अन्जु न्यौपाने, गोविन्द न्यौपाने र निरज दहालले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे ।

    ब्याडमिन्टन प्रतियोगितामा नेरानिकस र नेनिकयु टिमका खेलाडीहरू विजेता र उपविजेता घोषित भए भने महिला डबलतर्फ आयोजक टिमका सरिता कटुवाल र भवानी सापकोटा प्रथम स्थानमा र शारदा विष्ट–सरुणा थापा द्वितीय स्थानमा रहे। कार्यक्रममा संगठनका निवर्तमान पदाधिकारी, बढुवा भएका सदस्यहरू तथा विशिष्ट उपलब्धि हासिल गरेका कर्मचारीहरूलाई सम्मान गरियो ।

    आठ वर्षको उमेरदेखि कमलरी जीवन बिताएर संविधानसभा सदस्य हुँदै एमाले पोलिटब्युरो सदस्य बनेकी शान्ता चौधरीलाई विशेष सम्मान प्रदान गरियो । प्रदेश तथा विभागीय उत्कृष्ट कार्यसमितिको घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कार्यसमिति समग्रमा उत्कृष्ट घोषित भयो। इलाम, पर्सा, ललितपुर, तनहुँ, रुपन्देही, कालिकोट, बैतडी, संघीय संसद सचिवालय र महालेखापरीक्षकको कार्यालयका कार्यसमितिहरू विभागीय तथा जिल्ला तहमा उत्कृष्ट घोषित भए ।

    स्मृति दिवसको अवसरमा सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमअन्तर्गत आयोजित रक्तदानमा २०७ पिन्ट रगत संकलन गरियो, जसमा अर्थ मन्त्रालय विभागीय कार्य समितिको सक्रिय सहभागिता उल्लेखनीय रह्यो । साथै तीनकुनेस्थित सहिद स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भयो। कार्यक्रमले सहिदहरूको बलिदानलाई जीवन्त राख्दै निजामती आन्दोलनको इतिहास र संस्थागत प्रेरणालाई नयाँ उचाइमा पुर्‍याउने सन्देश दिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ