Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विदाई र स्वागतको बीचमा मेयर अधिकारीको प्रेरणादायी मन्तव्य : नगर राम्रो बन्नैपर्छ


ग्लोबल पाना
बिहीबार , साउन २२ २०८२
  • 388
    SHARES

  • images
    विदाई र स्वागतको बीचमा मेयर अधिकारीको प्रेरणादायी मन्तव्य : नगर राम्रो बन्नैपर्छ

    काठमाडौं । टोखा नगरपालिकाले बुधबार एक भावनात्मक तथा सम्मानपूर्ण कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृतहरूको स्वागत तथा विदाई सम्पन्न गरेको छ । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर विसिलाई कृतज्ञतापूर्वक बिदाइ गरिँदा नवपदस्थापित प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईलाई हार्दिक स्वागत गरिएको थियो । 

    images
    images
    images

    कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले गहकिलो भनाइ प्रस्तुत गर्दै भने, “व्यक्ति आउँछन् जान्छन्, तर नगरको समृद्धि यात्राले कहिल्यै रोकिनु हुँदैन । म रहुँ या नरहूँ, टोखा उज्यालो भविष्यतर्फ अघि बढ्नैपर्छ ।”

    उपमेयर मुरारी तामाङले निरन्तरता र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै भने, “पुराना प्रमुख प्रशासकको अनुभव र नयाँ नेतृत्वको ऊर्जा मिलाएर हामी नगरको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेछौँ ।”

    कार्यक्रमको विशेष क्षणमा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर विसिले आफ्नो कार्यकालको सम्झना गर्दै भावुक अभिव्यक्ति दिए, “टोखा नगरपालिका मेरो प्रशासनिक जीवनको एउटा स्मरणीय अध्याय हो । यहाँका जनप्रतिनिधि, कर्मचारी र जनताको साथले मलाई प्रेरित गर्‍यो । यहाँका अनुभवहरू म सधैँ सम्झिरहनेछु ।”

    नवपदस्थापन प्राप्त गरेका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले भने, “टोखा सम्भावनाले भरिएको नगर हो । पारदर्शी, जनमुखी र सक्षम प्रशासनको प्रतिवद्धतासाथ म यहाँको समुन्नत यात्रामा सहभागी हुने छु ।”

    टाेखा ६ वडा अध्यक्ष शान्ता पौडेलले आफ्नो मन्तव्यमा भनिन्, "प्रमुख प्रशासकीय अधिकृतहरूको नेतृत्वमा नगरले हासिल गरेका प्रगति हामी सबैका लागि गर्वको विषय हो । शेर बहादुर विसीजस्ता अनुभवी प्रशासनिक अधिकृतको योगदान अतुलनीय छ । नवप्रमुख कमल भट्टराईसँग सहकार्य गरेर हामीले अझ प्रभावकारी सेवा प्रवाह गर्ने विश्वास छ । जनताको सेवा र विकासमा निरन्तरता ल्याउन सबै पक्षले मिलेर काम गर्न आवश्यक छ । यही सहकार्यबाटै टोखा नगर उज्जवल भविष्यतर्फ अगाडि बढ्नेछ ।"

    त्यस्तै, टाेखा ९ वडा अध्यक्ष रामभक्त घिमिरेले कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै भने, "निवर्तमान प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर विसिको नेतृत्वमा हाम्रो वडा र नगरले धेरै विकास र सुधारका कदम उठाएको छ । उहाँको अनुभव र समर्पणले हामी सबैलाई प्रेरणा दिएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईसँग सहकार्य गरेर हाम्रो सेवा प्रवाह अझ सशक्त र प्रभावकारी बनाउने छौं। हामी सबैको साझा प्रयासले टोखा नगरलाई समृद्ध र खुशहाल बनाउने दृढ विश्वास छ ।"

    टोखा ३ की वडा सदस्य शान्ता राईले भनिन्, "शेर बहादुर विसि जीले हाम्रो वडा र नगरको विकासमा राम्रो काम गर्नुभयो । उहाँको नेतृत्वले धेरै प्रगति भएको छ । अब नयाँ प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईसँग मिलेर हामी अझ राम्रो काम गर्ने छौं । सबै जनप्रतिनिधि र कर्मचारीहरूले मिलेर टोखा नगरलाई सफा, पारदर्शी र विकासोन्मुख बनाउनेछौँ ।"

    कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरका कर्मचारी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । आत्मीयता, सम्मान र उत्साहले भरिएको कार्यक्रममा टोखाको आगामी यात्राको आशावादी संकेत पनि देखिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ