काठमाडौं । काठमाडौं महानगरपालिका–१३ का वडा अध्यक्ष ध्रुव नारायण मानन्धरले ज्येष्ठ नागरिकप्रति विशेष संवेदनशीलता देखाउँदै अनुकरणीय कार्य गर्नु भएकाे छ । वडाका वृद्धवृद्धाले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न बायोमेट्रिक प्रक्रिया अनिवार्य भएपछि उहाँले व्यक्तिगत स्तरबाटै सहजीकरण गर्नु भएकाे हाे ।
शारीरिकरूपमा अशक्त तथा असहज अवस्थामा रहेका ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयसम्म ल्याउन वडा अध्यक्ष मानन्धरले आफ्नै निजी सवारी प्रयोग गरी सेवा दिनुभएको छ । घर–घरमै पुगेर नागरिकहरुलाई ससम्मान ल्याई आवश्यक प्रक्रिया गराइदिने कार्य स्थानीय तहमा नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण बनेको छ ।
“पद मात्रै हैन, भावना पनि चाहिन्छ” "हाम्रा बुबाआमा, हजुरबुबा–हजुरआमालाई सेवा गर्नु नै साँचो सम्मान हो । उनीहरूलाई कार्यालयसम्म बोलाएर हैरान पार्नुभन्दा घरमै गएर ल्याउनु हाम्रो दायित्व हो भन्ने महसुसका साथ यो काम थालेको हुँ," अध्यक्ष मानन्धरले भन्नुभयो । वडामा रहेका दर्जनौं ज्येष्ठ नागरिकले उहाँको यो कदमबाट प्रत्यक्ष लाभ लिएका छन् । यस कार्यप्रति सेवा लिनेहरू मात्र होइन, अन्य स्थानीय बासिन्दाले समेत खुलेर प्रशंसा गरेका छन् ।
स्थानीय सरकार नागरिकमैत्री हुनुपर्छ वडा अध्यक्ष मानन्धरले नेतृत्व सम्हालेदेखि नै सेवा प्रवाहमा सहजता, पारदर्शिता र मानवीयता प्राथमिकतामा राख्दै आउनुभएको छ । उहाँको यो नयाँ प्रयासले "स्थानीय सरकार नागरिककै घरमा पुग्ने सरकार हुन सक्छ" भन्ने सन्देश दिएको छ । स्थानीय समुदायमा वडा कार्यालयप्रतिको विश्वास झनै बढेको देखिन्छ । नागरिकहरूले नेतृत्वमा यस्तो सक्रियता र संवेदना अन्य वडाहरूमा पनि देखियोस् भन्ने अपेक्षा गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


