काठमाडौं । नेपाल पर्वतारोहण संघको आगामी केन्द्रीय समितिको निर्वाचनमा कुलबहादुर गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै पर्यटन र पर्वतारोहण क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने आफ्नो दृढ संकल्प सार्वजनिक गरेका छन् । गुरुङले भने, "पर्वतारोहण हाम्रो देशको गौरव हो । यसको सम्भावना अझ धेरै छ । मैले अध्यक्ष पदमा उम्मेदवारी दिँदा मेरो मुख्य लक्ष्य पारदर्शिता, सुशासन, स्थानीय समुदायको सशक्तिकरण र अन्तर्राष्ट्रिय मान्यता ल्याउनु हो। हामीले नेपालको पर्वतारोहणलाई व्यवसायिक र समावेशी दृष्टिकोणबाट अघि बढाउनुपर्छ ।" उनको नेतृत्वमा अनुभव र विविधतालाई प्राथमिकता दिइएको छ ।
वरिष्ठ उपाध्यक्षका लागि टिकाराम गुरुङ, प्रथम उपाध्यक्ष मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव बिमल कुमार नहर्की र सचिव ङीमा डिकी शेर्पा प्रतिस्पर्धामा छन् । सदस्यतर्फ पुष्कर शाह, बलबहादुर सुयाल, हरि गोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा र पासाङ शेर्पा प्रतिस्पर्धामा छन् ।
गुरुङको अभियान व्यवसायिक र समावेशी दृष्टिकोणमा आधारित छ । उनले आफ्नो कार्यकालमा पर्वतारोहणको अन्तर्राष्ट्रिय मान्यता बढाउने, पर्यटन प्रवर्धन गर्ने, स्थानीय समुदायलाई सशक्त बनाउने, पारदर्शिता कायम राख्ने र सुशासन सुनिश्चित गर्ने योजनाहरू अघि सार्ने बताएका छन् ।
गुरुङले आगामी निर्वाचनलाई संघको भविष्य र नेपालको पर्यटन क्षेत्रको विकासका लागि निर्णायक क्षणका रूपमा देखेका छन् । नेपाल पर्वतारोहण संघको निर्वाचन आगामी भदौ ७ गते हुनेछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


