Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नवलपुरका विशाल सापकोटा राष्ट्रिय किशोर सञ्जालमा प्रतिनिधि चयन


बिहीबार , साउन २९ २०८२
  • 1,042
    SHARES

  • images
    नवलपुरका विशाल सापकोटा राष्ट्रिय किशोर सञ्जालमा प्रतिनिधि चयन

    काठमाडौं — सिविन नेपाल अन्तर्गत रहेको श्री राष्ट्रिय किशोर सञ्जालमा नवलपुरका बाल अधिकारकर्मी विशाल सापकोटाले प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। ११ देखि १३ अगस्टसम्म ललितपुरको गोदावरी स्थित होटल भ्यु भृकुटीमा भव्य रुपमा सम्पन्न किशोर–किशोरीको राष्ट्रिय भेलामा देशभरका विभिन्न जिल्ला र समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न निर्वाचन प्रक्रियाबाट उनी राष्ट्रिय किशोर सञ्जालमा चयन भएका हुन्।

    images
    images
    images

    हाल एन. सि. सि. अल्मुनाई एशोसिएसन नेपाल केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला बाल क्लब नवलपुरको सचिव, अल्मुनाई एशोसिएसन नेपाल नवलपुर जिल्ला निर्देशक साथै गैंडाकोट नगर बाल सञ्जालको सल्लाहकार रहेका गैडाकोट–१६ निवासी सापकोटा लामो समयदेखि समुदायस्तरमा बालबालिकासम्बन्धी अधिकार र विकासका अभियान, बालमैत्री स्थानीय शासन निर्माणमा नीतिगत सुझावदेखि कार्यक्रम कार्यान्वयनसम्म निरन्तर योगदान पुर्‍याउँदै आएका छन्। बालश्रम अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम, विद्यालयमै बालअधिकारसम्बन्धी प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालनमा उनको अग्रसरता उल्लेखनीय रहँदै आएको छ।

    यसका साथै, सापकोटा विपद् व्यवस्थापन र आकस्मिक राहत वितरणका क्षेत्रमा पनि सक्रिय छन्। प्राकृतिक प्रकोपका समयमा प्रभावित समुदायसम्म तत्काल राहत पुर्‍याउने, भीड तथा ट्राफिक व्यवस्थापनमा स्वयंसेवकका रूपमा सेवा दिने, र विभिन्न सामाजिक–सांस्कृतिक कार्यक्रममा स्वयम्‌सेवक समन्वय गर्ने जिम्मेवारीमा उनी अग्रपंक्तिमा देखिँदै आएका छन्।

    भेलामा सहभागी किशोर–किशोरीहरूले आ–आफ्ना जिल्लामा बालअधिकारको अवस्था, चुनौती र सुधारका उपायबारे अनुभव आदान–प्रदान गरे। कार्यक्रममा नेतृत्व विकास, अधिकार अभिव्यक्ति, नीतिगत सहभागिता, र डिजिटल सुरक्षा जस्ता विषयमा तालिम तथा अन्तरक्रिया सत्रहरू आयोजना गरिएका थिए। यस अवसरमा राष्ट्रिय किशोर सञ्जालको संरचना, कार्ययोजना र भविष्यको प्राथमिकतासम्बन्धी छलफल पनि सम्पन्न भएको थियो।

    सापकोटाले भेलापछि आफ्नो प्रतिक्रियामा भने, “राष्ट्रिय किशोर सञ्जालमा जिम्मेवारी पाउनु केवल सम्मान मात्र होइन, यो ठूलो दायित्व पनि हो। म यस मञ्चमार्फत बालबालिकाको आवाजलाई स्थानीयदेखि राष्ट्रिय तहसम्म पुर्‍याउने र उनीहरूको हकहितको संरक्षणका लागि निरन्तर क्रियाशील रहनेछु।”

    समाजसेवा, नेतृत्व क्षमता र सक्रियताका कारण समुदायमा प्रेरणादायी युवा रूपमा पहिचान बनाएका सापकोटाले अब राष्ट्रिय तहमा पनि आफ्नो योगदान विस्तार गर्ने अवसर पाएका छन्।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ