काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले लिएको लक्ष्य पुरा गर्न मन्त्रालय अन्र्तगतका निकाय एंव नेतृत्वलाई एक आपसमा समन्वय गरि अघि बढन निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले कृषि र मन्त्रालय सँग सम्वन्धीत रहेर उठेका विषय र मन्त्रालयले लिएको लक्ष्य निर्धारित समय भित्रै सम्पन्न गरिसक्न के कस्ता समस्याहरु छन, यि समस्याको समाधानका लागि सामुहिक प्रयास गर्न जरुरी छ, भन्नुभयो ।
मन्त्रीअधिकारीले कतिपय विषय अन्य मन्त्रालय तथा निकाय सँग पनि सहकार्य गरि अघि बढनु पर्ने रहेका छन, यि विषयहरुलाइ पनि प्राथामिकता दिन मन्त्रालय अन्र्तगतका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । मन्त्री अधिकारीले छिट्टै विषयगत समितिको बैठक राखि प्रदेश र स्थानीय तह सँग गर्नुपर्ने आवश्यक सहजीकरण मार्फत कृषि र मलका सम्वन्धमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभयो ।
गत आर्थिक वर्षमा मन्त्रालयवाट सम्पादन भएका कार्यहरु महत्वपुर्ण रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मुलरुपमा नागरिकले अनुभुति गर्ने गरि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी वनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.जय बहादुर टण्डन, मन्त्रालयका सचिवहरु डा.गोविन्द शर्मा, डा.दीपक कुमार खराल, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा.कृष्ण तिमिल्सिना, मन्त्रालयका सहसचिव, विभागीय तथा योजना प्रमुखहरुले हाल भएका उपलब्धी, समस्या, आवश्यकता लगायतका विषय राख्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


