Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

साउदी अरेबीबाट पनि श्रम वैधानिकिकरण सुरु


ग्लोबल पाना
शुक्रबार, साउन ३० २०८२
  • 340
    SHARES

  • images
    साउदी अरेबीबाट पनि श्रम वैधानिकिकरण सुरु

    काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ । नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन् ।

    images
    images
    images

    कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दुताबास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिनु भएको छ । श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरु आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सृजना हुनु मानविय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको जानकारी दिनु भयो ।

    साउदी अरेबीयासंग द्विपक्षिय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिदै मन्त्री भण्डारीले अवको सेवाहरु प्रविधिमा आधारित रहने जानकारी दिनु भयो। मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्‍चित भएकोले दुताबासबाटै श्रम वैधानिकिकरण कार्य आवश्यक रहेको औल्याउनु भयो ।

    राजदुत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरुको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ