Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग


ग्लोबल पाना
सोमबार, भदौ २ २०८२
  • 380
    SHARES

  • images
    ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

    काठमाडौं । सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था(FPCA)लाई आर्थिक सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्व(CSR)अन्तर्गत अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था(FPCA)लाई आर्थिक सहयोग गरेको हो ।

    images
    images
    images

    वार्षिकरुपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेशनलका जिएसए अफेयर हेड सन्तोष विक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई पहिलो चेक हस्तान्तरण गरेका हुन् । एक वर्षसम्म हरेक महिना आर्थिक सहयोग गर्दै जाने कम्पनीले जनाएको छ । उनले अटिजम पीडित बालबालिका र व्यक्तिहरुलाई सामाजिक र आर्थिक रुपमा सहयोगको आवश्यकता रहेको बताए ।

    ‘जनचेतना र ज्ञानको अभावका कारणले हाम्रो समाजमा अटिजम बालबालिकालाई हेर्ने दृष्टिकोण फरक छ’, उनले भने- ‘यसको न्यूनीकरणमा आ-आफ्नो ठाउँबाट सबैले सहयोग गर्न जरुरी छ ।’ चेक बुझ्दै एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजम पीडित व्यक्ति र बालबालिका पनि यही देशका नागरिक भएकाले सरकारले पनि सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने बताइन् ।

    विगत १० वर्षदेखि अटिजम भएका व्यक्ति र बालबालिकाका लागि एफपीसीएले डे-केयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ । संस्थाले बालबालिकालाई व्यक्तिगत शिक्षा योजना(IEP)अनुसारको पठनपाठन र विशिष्ट थेरापीको सेवा पनि दिने गर्दछ। सोसाइटी इन्टरनेशनल ट्राभल्सका बारेमाः सोसाइटी इन्टरनेशनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जि.एस.ए. प्रतिनिधित्व गर्ने कम्पनी हो ।

    यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट (जीएसए) को रूपमा कार्यरत छ। यात्राका सबै पक्षमा सहयोग गर्न र सेवा प्रदान गर्न यो संस्था समर्पित छ । यसका साथै सीएसआर कार्यक्रममार्फत् विभिन्न सामाजिक उत्तरदायित्व र सेवामूलक कार्य गर्दै नेपाली समुदायलाई योगदान पुर्‍याउँदै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ