Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को ट्यालेन्ट राउन्ड भव्य रूपमा सम्पन्न


ग्लोबल पाना
सोमबार, भदौ २ २०८२
  • 606
    SHARES

  • images
    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को ट्यालेन्ट राउन्ड भव्य रूपमा सम्पन्न

    काठमाडौं । ‘मिस एण्ड मिसेस गुरुङ’ २०८२’को ‘ट्यालेन्ट राउन्ड’ भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरूले शनिबार प्रतियोगिताको ट्यालेन्ट राउण्डमा आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

    images
    images
    images

    गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तीकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ’को ट्यालेन्ट राउण्डको प्रमुख अतिथिमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी रहनुभएको थियो । यस्तै, विशिष्ठ अतिथिमा तान्त्रिक झाक्री संघका अध्यक्ष प्रकाश भुजेल, पूव मन्त्री तथा कांग्रेस जनजाति विभाग प्रमुख दिलमान पाख्रिन, राप्रपा केन्द्रीय सदस्य पर्शुराम तामाङ लगायतका रहनुभएको थियो ।

    त्यस्तै विशेष अतिथिमा पूर्वडिआइजी डा.देउती गुरुङ, गीतकार तथा कार्यक्रम निर्देशक अशोककुमार तामाङ, जुम्बा प्रशिक्षक सुनिल खड्का, जुम्बा नृत्य कोरियोग्राफर आशिष रुबा, नृत्य कोरियोग्राफी केशव थापा, मिस तामाङ २०२४ कि विजेता दुर्गा तामाङलगायत रहनुभएको थियो ।

    सो अवसरमा ४० जना प्रतिस्पर्धीले नृत्य, व्यक्तित्वकला, गीत र अन्य प्रस्तुति दिएका थिए । एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको नेतृत्व प्रबन्ध निर्देशक शान्ता लामा तामाङले गर्नुभएको थियो । उहाँका अनुसार, यो संस्करण अघिल्ला संस्करणहरूभन्दा अझ बढी व्यवस्थित, भव्य र प्रभावकारी छ ।

    साथै, नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क आयोजना गरिएको सौन्दर्य प्रतियोगिता हो यो जहाँ सहभागी सबै महिलालाई फारम, प्रशिक्षण तथा आवश्यक सहयोग निःशुल्क प्रदान गरिएको छ । ‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य बोकेको छ ।

    ट्यालेन्ट राउन्ड समारोह आकर्षक सांस्कृतिक झलक, प्रेरणादायी मन्तव्य र उत्साही सहभागिताले भरिपूर्ण रहेको थियो । शान्ता जय नेपाल इन्टरनेशनलकी संस्थापक हुनुहुन्छ र आदिवासी जनजाति तथा महिलाहरूको सशक्तीकरणमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्र्धा नेपाल पुलिस क्लबमा यही भदौ ९ गते हुँदैछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ