Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सप्तरीमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या तीन पुग्यो


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 292
    SHARES

  • images
    सप्तरीमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

    सप्तरी । यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक-एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । पछिल्लोपटक विष्णुपुर गाउँपालिका-२ जमुनी टोलका ४७ बर्षीय प्रेम यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय कप्लेश्वर सदाको पुस २५ गते जाडोले कठ्यांग्रिएर मृत्यु भएको थियो । आफ्नै घरमा साँझमा सुतेको समयमा जाडोले कट्यांग्रिएर मृत्यु भएको स्थानीय ललकु सदाले बताए । उनको न्यानो ओढ्ने लुगाको अभावमा जाडोले कठ्यांग्रिएर मृत्यु भएको उनले जानकारी दिए ।

    यसअघि शितलहर बढेसँगै चिसोले गत पुस २१ गते राती तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो । साँझको खाना खाएर सुतेका बुवाको राती जाडोले कठ्यांग्रिएर मृत्यु भएको स्वर्गीय देवुको छोरा सकलदेव सदाले बताए । जाडोले कठ्यांग्रिएर तीन जनाको ज्यान गएपनि प्रहरीले १ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ ।

    विष्णुपुर गाउँपालिका २ का यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसवर्ष जाडोले ज्यान गएको तथ्यांकमा एक जना मात्र रहेको सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले बताए ।

    जाडोले कठ्यांग्रिएर अन्य ठाउँमा ज्यान गुमाएको हुन सक्ने भन्दै एसपी काफ्लेले प्रहरीमा मृत्युको कारणको आधार र निवेदन कतैबाट नआएकोको बताए । सप्तरीमा प्रत्येक वर्ष चिसोले कठ्यांग्रिएर सर्वसाधारणको मृत्यु भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ